भारतमा नेपाली क्रिकेट टिमको प्रशिक्षण सुरु | Khabarhub Khabarhub

भारतमा नेपाली क्रिकेट टिमको प्रशिक्षण सुरु


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा प्रशिक्षण सुरु गरेको छ। सोमबार भारत गएको नेपाली टिमले मंगलबारदेखि प्रशिक्षण सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

नेपाल राष्ट्रिय टिमले भारतको बैंग्लुरुस्थित नेशनल क्रिकेट एकेडेमी (एनसीए)मा दुई साता प्रशिक्षण गर्नेछ। यो अवसर क्यानको पहलमा बीसीसीआईले उपलब्ध गराएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत क्यानडामा हुने शृङ्खलाका लागि आवश्यक तयारीका लागि प्रशिक्षण गर्न भारत पुगेको हो।

प्रशिक्षणमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिन सन्दीप लामिछाने भने सहभागी छैनन्। क्यानडाको ग्लोबल टी-२० लिग खेल्न क्यानडा पुगेका तीनै जना खेलाडी स्वदेश फर्किएका छैनन्।

तस्बिरः क्यान

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ६ : १६ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार