भारतमा नेपाली क्रिकेट टिमको प्रशिक्षण सुरु « Khabarhub

भारतमा नेपाली क्रिकेट टिमको प्रशिक्षण सुरु


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा प्रशिक्षण सुरु गरेको छ। सोमबार भारत गएको नेपाली टिमले मंगलबारदेखि प्रशिक्षण सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

नेपाल राष्ट्रिय टिमले भारतको बैंग्लुरुस्थित नेशनल क्रिकेट एकेडेमी (एनसीए)मा दुई साता प्रशिक्षण गर्नेछ। यो अवसर क्यानको पहलमा बीसीसीआईले उपलब्ध गराएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत क्यानडामा हुने शृङ्खलाका लागि आवश्यक तयारीका लागि प्रशिक्षण गर्न भारत पुगेको हो।

प्रशिक्षणमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिन सन्दीप लामिछाने भने सहभागी छैनन्। क्यानडाको ग्लोबल टी-२० लिग खेल्न क्यानडा पुगेका तीनै जना खेलाडी स्वदेश फर्किएका छैनन्।

तस्बिरः क्यान

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ६ : १६ बजे

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका