गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका चरा « Khabarhub

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका चरा


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् ।

नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेको सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए ।

मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी तथा रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको परियोजना अधिकृत पन्थीले बताए ।

वर्षमा दुईपटक म्याकिनन्स लिस्टिङ मेर्थड विधिको माध्यमबाट गुल्मीमा चराको सर्वेक्षण गरिँदै आएको परियोजना अधिकृत पन्थीको भनाइ छ ।

विश्वमा पाइने दुर्लभ प्रजातिका चरामध्ये गुल्मीमा मात्र ६ किसिमका चरा पाइन्छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ प्रजातिका चराहरुमध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्ध, सोतो गिद्ध, सुन गिद्धगोमायो महाचिल पाइन्छन् ।

रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पाइन्छ । नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा पाइन्छन् ।

एक सर्वेक्षणअनुसार रेसुङ्गामा दुई सय ६३ र मदानेमा २ सय ८६ प्रजातिका चरा फेला परेका हुन् । मदानेको वन क्षेत्र नौ सय ७५ मिटरदेखि दुई हजार ६९० मिटर र रेसुङ्गा वन क्षेत्र पाँच सय ७५ देखि दुई हजार तीन सय ४५ मिटर उचाइसम्म रहेको छ । वनको क्षेत्रफलको हिसाबले रेसुङ्गा १९ हजार दुई सय ८१ हेक्टर र मदाने १३ हजार सात सय ४३ हेक्टर क्षेत्रफल छ ।

रेसुङ्गा र मदाने संरक्षित वनमा दुर्लभ प्रजातिका चराको सङ्ख्यामा वृद्धि हुँदै गएको परियोजना अधिकृत पन्थीले बताए ।

डिभिजन वन कार्यालयका प्रमुख जीवन पङ्गेनी विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षणका लागि सङ्कटापन्न अवस्थामा रहेका चराको बासस्थानलाई जोगाइराख्न स्थानीय पालिकाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

नेपाल पक्षी संरक्षण सङ्घले वन क्षेत्रसँग जोडिएका वडामा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमले दुर्लभ चराको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयलाई वनको संरक्षणमा टेवा पुर्याएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ७ : ५१ बजे

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा