युक्रेनका कमान्डरले एक हजार वर्ग किलोमिटर रुसी भूमि कब्जा गरेको दाबी गरेका छन्। युद्ध सुरु भएको दुई वर्ष ६ महिना बितेपछि उनीहरूको लागि यो सबैभन्दा खुसीको विषय समेत भएको हो।
कमान्डर अलेक्जेन्डर स्यारुस्कीले रुसी भूभागमा आक्रमण गर्न थालेको एक सातापछि यो महत्त्वपूर्ण सफलता हात पारेको बताए। रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले भने यसलाई क्षणिक बताएका छन्।
उनले अब विपक्षी भूमिमा लगातार आक्रमण गर्ने चेतावनी समेत दिए। रुसका पश्चिमी भागका धेरै जनाले सुरक्षाका लागि सो स्थान छाड्न थालेका छन्। यो सङ्ख्या ५९ हजार नाघेको जनाइएको छ। स्थानीय अधिकारीकै अनुसार १२ जनाको ज्यान गइसकेको छ। केही युक्रेनी सेनाको घेरामा परेको उनीहरूले स्वीकार गरेका छन्। रुसी अधिकारी नै अप्ठेरो अवस्थाको सिर्जना हुँदै गएकोमा सहमत हुन थालेका छन्।
गत मंगलबार अनपेक्षित रूपले युक्रेनी सेनाले रुसमा आक्रमण गरेको थियो। एक बेलायती अधिकारीले अहिले रुस क्षुब्ध बनेको कारण युक्रेनी सर्वसाधारण माथि नै हमलाको खतरा बढेको छ। यो हवाई आक्रमणमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले विपक्षीहरूको निसाना आफ्ना नागरिक, रुसी समाजको एकता र त्यहाँको जीवन भएको प्रतिक्रिया दिए। अधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले रक्षा संयन्त्रले तत्काल आफ्नो भूमिबाट विपक्षीलाई हटाउनु पर्ने कुरा जनाएका छन्।
त्यस क्षेत्रका गभर्नरका अनुसार एक लाख २१ हजार जना अहिले विस्थापित भएका छन्। युक्रेनी सेनाको कब्जामा रहेका क्षेत्रमा अझै दुई हजार जना रुसी नागरिक छन्। उनले दरिलो पर्खाल भित्र तथा सेल्टर भित्र बाँकी रहेका नागरिकलाई राख्न आवश्यक भएको जनाएका छन्। कर्सक क्षेत्रको बेलगोरार्डमा ११ हजारलाई सो स्थान छाड्न दबाब दिइएको छ। क्रासुना यारुगा जिल्लाका बासिन्दालाई युक्रेनी आक्रमणको डरले अन्यत्र सारिएको छ।
युक्रेनका राष्ट्रपति भालोडोमिर जेलेन्सकीले खराब ढङ्गले युद्ध लडिरहेका पुटिन दबाबमा परेको बताएका छन्। रुस आफै शान्तिको बाटोमा आउने चाहना भएको उनले बताए।
रुसको बोर्डरमा केही क्षति भए पनि अहिले हजारौँ युक्रेनी सेना लडाइँमा सक्रियता साथ लागेको जनाइएको छ। नाटोका लागि अमेरिकी प्रतिनिधि भस्क भोल्करले युक्रेनी आक्रमणका कारण घरेलु भूमिमा समेत पुटिनको अलोकप्रियता बढेको जनाएका छन्।
स्थानीय आफै पनि पुटिनको कारण आफूहरूले दुःखको महसुस गर्न थालेका छन्। यसै समयमा इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सीले रुसी नियन्त्रणमा रहेको झम्पाझोरिया आणविक भट्टीमा निरीक्षण गरेको छ। जेलेन्सकीले अहिले रुसले बार्गेनिङ कार्डको रूपमा सो क्षेत्रलाई प्रयोग गरेको जनाएका छन्।
वर्षका सुरुवाती ७ महिना युक्रेनका लागि खराब रहेको थियो। आफूहरूले गरेको प्रत्याक्रमण असफल भएको थियो। सीमाबाट युक्रेनी धपाइने क्रम बढेको बढ्यै थियो। यसै समयमा जेलेन्साकीले एउटा मुभ चालेका थिए। सेनाको नेतृत्व परिवर्तन गरेर उनले सबैलाई आश्चर्यमा पारेका थिए। त्यसो त रुस हाबी हुनुमा युक्रेनी सेनाको कमजोरी भन्दा पनि रुसकै कारण भएको धेरैको अभिमत थियो।
ट्याङ्क र अन्य हतियारमा बलियो रुस हवाई आक्रमणमा अझ दरिलो बनेको थियो। युक्रेनको तुलनामा रुसको हतियार बलियो मात्र होइन, ठुलो सङ्ख्यको सैन्य जत्था पनि थियो। युक्रेन आक्रमणको साढे दुई वर्षको अन्तरालमा एक लाखबाट जनसङ्ख्या बढेर पाँच लाख २० हजार पुगीसकेको छ। यस वर्षको अन्त्यमा त्यो सङ्ख्या ६ लाख ९० हजार पुग्ने अनुमान छ।
प्रसङ्ग यत्तिमा मात्र सीमित छैन। यस अवस्थामा जेलेन्सकीले भालेरी लाजुन्जीलाई प्रतिस्थापन गर्दै कर्णेल जनरल अलेब्जान्डर स्यारुस्कीलाई युद्धको जिम्मा दिए। स्यारुस्की भने त्यस समयमा पनि आफूहरू जित्न सक्ने कुरामै थिए। युद्धलाई लामो समय नजिकबाट हेरेका उनको एउटै मत थियो, ‘सबै क्षेत्रमा रुस बलियो हो। तर हाम्रो आक्रमणको नीतिले नै हामीले हराउन सक्छौं,’ उनको प्रस्ट मत थियो।
युक्रेनमा आइपुगेको नयाँ एफ-१६ युद्ध पोत अहिलेको सफलताको मुख्य कारण मानिन्छ। नाटो राष्ट्रको सहयोग प्रमुख हो। त्यत्ति मात्र थिएन, उनको त्यो गोप्य र विशेष नीति थियो।
स्यारुस्कीकै विचारमा रुसी सैन्य नेतृत्वको कठोरता सबै भन्दा घातक थियो। उनीहरू युक्रेनी सर्वसाधारण माथि त दया माया राख्दैन थिए। एक सय वा दुई सय मिटर कब्जा गर्नका लागि आफ्ना हजारौँ जना सेनाको बलिदानी गर्न तयार हुन्थे। युक्रेनी नेतृत्व त्यत्ति कठोर हुन सकेन। त्यसो त युक्रेन सेनाको सङ्ख्यामा पनि रुसको भन्दा कमी छैन। सैन्य नेतृत्वको मानवता या बाध्यता जे भए पनि युक्रेन आफ्ना सेना जोगाउन तल्लीन थियो। अहिले पनि छ।
जुलाई महिनामै एउटा रिपोर्ट बाहिर आएको थियो। सो रिपोर्ट अनुसार नाटो सदस्य राष्ट्रका धेरै युक्रेनले युद्धमा जित हात पार्ने कुरामा विश्वास गर्न सकिरहेका थिएनन्।
अहिले एरियल स्ट्राइक तथा जमिनमा रोबोटीक सेनाको नीति युक्रेनको छ। यसले सैन्य सङ्ख्यामा थोरै भए पनि युक्रेनलाई सफलता मिल्न थालेको छ। क्रेच सडक, रेल वे तथा सेबास्टपोलको बन्दरगाहमा युक्रेनको विशेष चासो छ। यसैबाट जिततर्फ जाने स्यारुस्की नीति छ।
जुलाई महिनामै एउटा रिपोर्ट बाहिर आएको थियो। सो रिपोर्ट अनुसार नाटो सदस्य राष्ट्रका धेरै युक्रेनले युद्धमा जित हात पार्ने कुरामा विश्वास गर्न सकिरहेका थिएनन्। ९ देखि ११ जुलाईको बिच वासिङ्टनमा भएको नाटो सम्मेलनमा सो रिपोर्ट सार्वजनिक गरिएको थियो।
सर्वेक्षण मे महिनामा गरिएको थियो। करिब एक तिहाइदेखि आधाको मत समझदारीमा युद्ध सकिने थियो। ग्रिसका ३१ प्रतिशतको विचारमा युद्ध समझदारीमा सकिने भन्ने थियो। सबै भन्दा युक्रेन जित्ने अनुमान गर्नेमा इस्टोनियाका थिए। त्यहाँका ३८ प्रतिशतको मतमा युक्रेनले जित हात पार्छ भन्ने थियो।
युक्रेनका ५८ प्रतिशतले जित हात पार्ने कुरामा विश्वास राखेका थिए। एक प्रतिशतले मात्र रुसले जित्ने अनुमान गरेका थिए। अन्यको मतमा युद्ध समझदारी र सम्झौतामा सकिन्छ भन्ने थियो।
धेरैको अनुमान भन्दा विपरीत युक्रेन चाँडो नै जित तर्फ उन्मुख हुन्छ या हुँदैन चासोको विषय बनेको छ। यसो भएमा सन् १९४५ यता भएको युरोपको सबै भन्दा ठुलो युद्धले स्यारुस्कीलाई एउटा नयाँ युद्ध नायकको रूपमा स्थापित गर्न सक्नेछ।
धेरै देशका नागरिक युद्धलाई साथ दिइरहने भन्दा समझदारीको बाटोमा जान उपयुक्त हुने सुझाव दिइरहेका थिए। केही देशका नागरिक भने निरन्तर सहयोगको पक्षमा थिए।
पोल्यान्डका ५३, इस्टोनियाका ४५, स्विडेनका ४१ तथा जर्मनीका ४० प्रतिशत भने निरन्तर सहयोगको पक्षमा थिए। यसै बिच युक्रेनका ६४ प्रतिशत भने युरोपेली युनियन र नाटोको सहयोग निर्णायक हुने कुरामा विश्वस्त थिए। यसै बिच नाटो आफ्नो कुरामा अडिग नै रह्यो। यसै बिच जेलेन्सकीको त्यो मुभको परिणाम अहिले देखिएको छ। धेरैको अनुमान भन्दा विपरीत युक्रेन चाँडो नै जित तर्फ उन्मुख हुन्छ या हुँदैन चासोको विषय बनेको छ। यसो भएमा सन् १९४५ यता भएको युरोपको सबै भन्दा ठुलो युद्धले स्यारुस्कीलाई एउटा नयाँ युद्ध नायकको रूपमा स्थापित गर्न सक्नेछ। फेब्रुअरीको त्यो जेलेन्सकी मुभ साँच्चै असरदार हुनसक्छ।
स्रोत : पोलिटिको, बिबिसी, द गार्जियन
प्रतिक्रिया