चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फारम भरेर १२ फेल भएकाको रकम फिर्ता हुने « Khabarhub

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फारम भरेर १२ फेल भएकाको रकम फिर्ता हुने


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी शैक्षिक शत्रका लागि चिकित्सा शिक्षा आयोगले लिने स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि फारम भरिसकेपछि १२ कक्षा फेल भएका विद्यार्थीले शुल्क फिर्ता पाउने भएका छन् ।

आयोगले भदौ १ गतेदेखि ५ गतेसम्म प्रवेश परीक्षाको मिति तोकेको अवस्थामा प्रवेश परीक्षाको फारम भरेर १२ कक्षा अनुत्तीर्ण विद्यार्थीको रकम फिर्ता हुने शिक्षा मन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

परीक्षाका लागि आवेदन दिइसकेर कक्षा १२ पास नभएका विद्यार्थीहरूको विषयमा विवाद भइरहेहका बेला शिक्षामन्त्री भट्टराईले यस्तो निर्णय लिएकी हुन् ।

‘चिकित्सा शिक्षा आयाोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेड (एनजी) मा परेका विद्यार्थीले फाराम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउॅंछु’, उनले बुधबार भनेकी छन् ।

यस पटक आयोगले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि आवेदन खुलाएको थियो । आयोगले एकीकृत प्रवेश परीक्षाका लागि गत जेठ २८ गते नै आवेदन मागेको थियो । आवेदन दिने मिति असार १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर २५ गतेसम्म तोकिएको थियो ।

कक्षा १२ को परीक्षा दिएको प्रवेश पत्रका आधारमा आवेदन दिन सकिने नियम यसपटक लागू गरिएको थियो । कक्षा १२ को नतिजा नआए पनि प्रवेश परीक्षा हुने उल्लेख थियो । परीक्षाको नतिजा कक्षा १२ को आएपछि मात्रै सार्वजनिक गर्ने आयोगले जनाएको थियो ।

एकीकृत प्रवेश परीक्षा आउनु केही दिन बाँकी रहेका बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन निकालेको थियो । १२ मा अनुतीर्ण (एनजी) भएकालाई परीक्षामा सामेल नगराउने निर्णय आयोगले गरिसकेको अवस्थामा अब उनीहरूले प्रवेश परीक्षाका लागि तिरेको शुल्क फिर्ता हुने भएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १२ : ११ बजे

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको