खाना खाने बित्तिकै सुत्ने गर्नु भएको छ ? ख्याल गर्नुस् « Khabarhub

खाना खाने बित्तिकै सुत्ने गर्नु भएको छ ? ख्याल गर्नुस्


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो मौसममा अधिकांशलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ । खाना खानसाथ सुत्न खोज्ने हामी प्राय सबैको बानी हुन्छ । खाना खाने बित्तिकै सुत्दा गजबको निन्द्रा पनि लाग्छ । तर खाना, खाजा खाने बित्तिकै सुत्ने बानी गलत भएको चिकित्सकहरू बताउँछन् ।

अझ बेलुकी खाना खाएपछि अधिकांशको दैनिक रुटिन नै आराम गर्ने वा सुत्ने हुन्छ ।

हुनत चिकित्सकहरू बेलुकी समेत खाना खाने बित्तिकै नसुत्न सल्लाह दिन्छन् । खाना खाए लगत्तै सुत्ने गर्दा यसले पाचन प्रक्रियामा समस्या सिर्जना गर्ने चिकित्सकको भनाइ छ ।

खाना खाने बित्तिकै हरेकलाई निन्द्रा लाग्छ भन्ने हुँदैन । तर अधिकांश मानिसलाई खाना खाने बित्तिकै निन्द्रा लाग्छ, यस्तो बानिलाई ‘फुड कोमा’ भनिन्छ ।

खाना खाने बित्तिकै किन निन्द्रा लाग्छ ?

खानामा हुने अत्यधिक मात्राको कार्बोहाइड्रेटका कारण खाना खाएपछि शरीरमा इन्सुलिन बन्न थाल्छ । जसले ट्रिप्टोफेन निर्माण गरी मस्तिष्कमा पुर्‍याउछ । मस्तिष्कमा पुगेपछि सेरोटोनिन बनी मेलाटोनिनका कारणले मानिसलाई बिस्तारै निन्द्रा लाग्दै जान्छ ।

कसरी बच्ने ?

चिकित्सकका अनुसार खाना खाने बित्तिकै निन्द्रा लाग्ने बानी हटाउन फुड कोमाबाट छुटकारा पाउने उपाय जान्नुपर्छ । जसका लागि आफूले खादै गरेको खानाको बारेमा जानकारी राख्नुपर्दछ । यसरी निन्द्रा लाग्ने बानीबाट बच्न खानाको मात्रामा पनि ध्यान पुर्‍याउनुपर्छ ।

एकैसाथ अत्यधिक मात्रामा खाना खानु हुँदैन । डाइटमा समेत ध्यान पुर्‍याउनु पर्छ । खाना खाएपछि सकेसम्म सुत्ने वा आरामसँग बस्ने गर्नुहुँदैन । बरु एक छिन हिँडडुल गर्नु उत्तम हुन्छ । जसका कारण खाना राम्ररी पच्नुका साथै रगतमा सुगरको मात्रा पनि कम हुन्छ ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १२ : २१ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक