पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’   « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक ‘पोखरा घर’ निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पोखरा घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्‌घाटन गरेका हुन्।

करिब ४० वर्षअघि एक दाताबाट पोखरा नगर विकास समितिको स्वामित्वमा रहने गरी प्राप्त भएको जग्गामा आधुनिक पोखरा घर निर्माण गरिएको हो। नयाँ भवनलाई पर्यटकका लागि सूचना तथा जानकारीको केन्द्रका रूपमा विकास गरिएको महानगरले जनाएको छ।

उद्‌घाटन कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरा पर्यटनको राजधानी भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई पोखराका पर्यटकीय गन्तव्य, संस्कृति तथा विभिन्न गतिविधिबारे सहज रूपमा जानकारी उपलब्ध गराउने उद्देश्यले पोखरा घर निर्माण गरिएको बताए।

उहाँका अनुसार पोखरा घरमा पुस्तकालयमार्फत विभिन्न विषयमा जानकारी लिन सकिने व्यवस्था गरिएको छ। यस्तै, आर्ट ग्यालरीमार्फत नेपालको संस्कृति र मौलिकतासँग सम्बन्धित सामग्रीको पहिचान गर्न सकिने तथा डिजिटल माध्यमबाट पोखराका पर्यटकीय स्थल र अन्य महत्वपूर्ण क्षेत्रबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

पर्यटकले पोखरा भ्रमणका क्रममा मन परेका स्थानीय उत्पादन तथा सामग्रीलाई कोशेलीका रूपमा लैजान सक्ने व्यवस्था पनि पोखरा घरमा गरिएको महानगरले जनाएको छ।

पोखरा घरमा भूमिगत पार्किङ तथा निःशुल्क वाईफाईको सुविधासमेत उपलब्ध गराइएको छ। सरोकारवालाहरूले आधुनिक सुविधासहित सञ्चालनमा आएको पोखरा घरले पोखरालाई देशका अन्य जिल्ला तथा अन्तर्राष्ट्रिय क्षेत्रमा थप चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

पोखरा घरलाई पर्यटक, स्थानीय तथा पोखराको कला, संस्कृति र पर्यटनसँग जोडिएका गतिविधिको साझा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य महानगरको छ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  १ : ४९ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक