अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजबिन गर्न राजदूतसँग आग्रह « Khabarhub

अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजबिन गर्न राजदूतसँग आग्रह


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग सिड्नी सहरबाट हराएका सुभाष बोलखेको खोजीका लागि अनुरोध गरेका छन् ।

अध्ययनका सिलसिलामा नौ महिनाअघि अष्ट्रेलियाको सिड्नी पुगेका काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका-७ का २७ वर्षीय बोलखे १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगरप्रमुख खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गरेका हुन् ।

बोलखेका परिवारका सदस्यसहित काठमाडौँको महाराजगञ्ज–चक्रपथस्थित अष्ट्रेलियन दूतावास पुगी आफ्नो क्षेत्रका प्रतिभावान विद्यार्थी बोलखेको खोजतलाख गरेर पछिल्लो अवस्थाका वारेमा जानकारी दिई सहयोग गरिदिन अनुरोध गरेको नगरप्रमुख खरेलले बताए।

‘राजदूत भोल्कले तत्काल जनशक्ति परिचालन गरी आवश्यक खोजबिनसहित सम्पर्कविहीन अवस्थामा रहेका विद्यार्थी बोलखेका बारेमा यथार्थ जानकारी गराउने आश्वासन दिनुभएको छ, हामी आशावादी भएका छौँ,’ प्रमुख खरेलले भने। 

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा ‘सुभाष’ सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएको जानकारी दिँदै पिता सुदर्शन बोलखेले भने, ‘अठार दिनदेखि सुभास हामीसँग सम्पर्कविहीन भएका छन्, यतिखेर हामी तनावमा छौँ, राजदूतसँगको भेटपछि केही आशा पलाएको छ । खोजबिनका लागि सम्बद्ध सबैसँग अनुरोध गर्दछौँ ।’

सो अवसरमा नगरप्रमुख खरेलले राजदूत भोल्कलाई ‘सुभाष’को कागजातसहित खोजबिनका लागि निवेदन दिएका छन् । औपचारिक भेटघाटलगत्तै दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएको बारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रहसमेत गरेको छ । 

यसैगरी, बोलखे परिवारले पनि सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नीस्थित नेपाली समुदाय र अन्य सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १२ : ५६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका