विष्णु रिजालको कटाक्ष- गगन र विश्वप्रकाशलाई देउवा फेरि प्रधानमन्त्री हुने पीर छ « Khabarhub

विष्णु रिजालको कटाक्ष- गगन र विश्वप्रकाशलाई देउवा फेरि प्रधानमन्त्री हुने पीर छ


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता विष्णु रिजालले सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्रीद्वयलाई सरकार र दुई दलको समीकरणबारे अनावश्यक चिन्ता नलिन सुझाएका छन् ।

उनले बुधबार एक्स (ट्विटर) मार्फत् कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सरकार र सत्ता समीकरणबारे अनावश्यक चिन्ता नलिन भनेका हुन् ।

महामन्त्रीद्वयले आफ्नो पार्टीमा कुनै काम गर्न नसकेको आरोप लगाउँदै सरकारबारे अनावश्यक चिन्ता लिन थालेको रिजालको भनाइ थियो ।

‘हिजो माओवादीसँग सरकार हुँदा त्यसलाई कसरी बिच्काउने भनेर लाग्नुभएको थियो, आज एमालेसँग सरकार हुँदा पनि सुरुदेखि नै कसरी बिच्काउने भनेर कस्सिनुभएको छ,’ रिजालले भनेका छन्, ‘आफ्नै पार्टीमा भनेको कुनै काम गर्न-गराउन नसक्ने नेताले सरकार र समीकरणबारे अनावश्यक चिन्ता नगरेकै बेस होला ।’

उनले महामन्त्री थापा र शर्मालाई कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने चिन्ताले सताएको पनि टिप्पणी गरेका छन् ।

‘खासमा कांग्रेसका महामन्त्री मित्रहरूलाई आफ्नो पार्टीका सभापति देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने चिन्ताले खुबै सताएको छ,’ रिजालले भनेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : ०८ बजे

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले