प्रचण्डको गुनासो- हतियार छाडेर सेना समायोजन गरेपछि पार्टी फुटाइयो « Khabarhub

प्रचण्डको गुनासो- हतियार छाडेर सेना समायोजन गरेपछि पार्टी फुटाइयो


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे युद्धबाट शान्ति प्रक्रियामा आइसकेपछि आफू नेतृत्वको पार्टी फुटाइएको गुनासो गरेका छन् ।

संसद्‍मा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारेको छलफलमा सहभागी हुँदै उनले यस्तो गुनासो गरेका हुन् ।

‘भोलि बिहानसम्म पर्खिए देश दुर्घटनामा जानसक्छ । प्रत्येक क्यान्टोनमेनमा खुनखराबा हुन सक्छ । आजकै दिन, आजकै राति हतियार व्यवस्थापन हुनपर्यो, सेना समायोजन हुनपर्यो भनेपछि ११ बजे रातिपछि यो काम सम्पन्न गरियो विनाखुनखराबा, विना क्षति काम सम्पन्न गरियो’, उनले भने, ‘एउटामात्रै क्षति मैले र पार्टीले ब्यहोर्नुपर्यो । मैले सेना समायोजन गरेवापद, मैले हतियार व्यवस्थापनको नेतृत्व गरेवापद मेरो पार्टी विभाजित भयो । निकै ठूलो जटिलता पार्टीले ब्यहोर्नुपर्यो । देश बच्यो, शान्ति स्थापित भयो, मलाई गर्व छ ।’

आफ्नो पार्टी विभाजन भएर पनि देशमा शान्ति स्थापना भएकोमा आफूलाई गर्व रहेको बताए । उनले आफ्नो विशेष पहलमा नै सेना समायोजन र हतियार व्यवस्थापनको काम सकिएको सुनाए ।

अध्यक्ष दाहालले आफूलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम सक्ने जिम्मेवारी दिएर गएको पनि बताएका छन् ।

उनले गिरिजाबाबुसँग मिलेर नै निरंकुश शासकलाई घुँडा टेकाएर आफूहरू यहाँसम्म आइपुगेको पनि बताएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  २ : २५ बजे

बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र

काठमाडौं– बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र

कस्तो छ आन्तरिक अर्थतन्त्रको विकास ? यसो भन्छ राष्ट्र बैंकको बृहत् आर्थिक प्रतिवेदनले

काठमाडौं– नेपालको आर्थिक वृद्धि हरेक दशकमा औसत करिब ४ प्रतिशत

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण

फर्कियो रविको हराएको फेसबुक पेज, ह्याकरले आक्रमण गरेको दाबी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गायब