शान्ति प्रक्रियाबारे लिङ्देनको टिप्पणी : पूर्वराजा शाहलाई नोबेल शान्ति पुरस्कारमा सिफारिस गरौँ | Khabarhub Khabarhub

शान्ति प्रक्रियाबारे लिङ्देनको टिप्पणी : पूर्वराजा शाहलाई नोबेल शान्ति पुरस्कारमा सिफारिस गरौँ


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पूर्वराजा ज्ञानेन्द्र शाहले खेलको भूमिका नबिर्सन दलहरूलाई सुझाका छन् ।

बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै लिङ्देनले शान्ति प्रक्रियामा पूर्वराजाको भूमिका अन्य दलहरूलाई स्मरण गराएका हुन्।

लिङ्देनले माओवादीले चलाएको १० वर्षे द्वन्द्व सम्झौताबाट टुंगिएको बताउँदै त्यसको एउटा पक्ष पूर्वराजाहरू भएकाले उनीहरूको भूमिकालाई बिर्सन नहुने जिकिर गरे

शान्ति प्रक्रियामा सहयोग पुर्‍याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरूले सिफारिस गर्नुपर्ने उनले तर्क गरे ।

यसअघि माओवादी नेता-कार्यकर्ताहरूले पनि शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नोबेल पुरस्कार दिइनुपर्ने तर्क गर्दै आएका थिए ।

त्यस्तै उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएसँगै देशमा फेरि कहिल्यै द्वन्द्व दोहोरिन दिन नहुने धारणा राखे । हिंसा जुनसुकै अवस्थामा पनि दण्डित हुन्छ भन्ने स्थापित गर्नुपर्ने उनको जोड थियो । सबै मिलेर शान्ति प्रक्रियालाई निष्कर्षमा लैजानु उचित हुने उनले बताए ।

अहिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई समर्थन गरे पनि यसका प्रक्रियालाई नियालिरहने उनले जानकारी दिए ।

 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ४ : १८ बजे

भूमिसम्बन्धी संशोधन अध्यादेश पनि जारी गरे राष्ट्रपतिले

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने

खानेपानीका कामहरू अगाडि बढाउन सरकार र युनिसेफबीच समझदारी

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादव तथा नेपालका लागि युनिसेफका  प्रतिनिधि

सदनमा थन्किएको शिक्षा विधेयक निर्माणका लागि कांग्रेसले दियो छलफलमा तीव्रता

काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा

‘हामी आराम गर्न आएको होइन, सरकारले मध्यरातमा काम गर्छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताको आकांक्षा पूरा गर्न

दिनेश त्रिपाठीमाथि भएको कुटपिटप्रति रास्वपाको ध्यानाकर्षण

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ