‘हामी आराम गर्न आएको होइन, सरकारले मध्यरातमा काम गर्छ’ « Khabarhub

‘हामी आराम गर्न आएको होइन, सरकारले मध्यरातमा काम गर्छ’


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताको आकांक्षा पूरा गर्न लागिरहेको बताएका छन् ।

केही दिनअघि जारी गरिएका चार अध्यादेशबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सघन र विस्तृत छलफल गरेर अध्यादेश जारी गरिएको हो । अध्यादेशले सरकार परिवर्तन हुँदैन, कामको गति रोक्दैन’, उनले भने, ‘सरकार बाङ्गो भयो, बेलुका ढल्छ भन्नेहरूलाई हामी आराम गर्न आएका होइनौँ, काम गर्न आएका हौँ भन्न चाहन्छौँ।’

उनले गत शुक्रबार राति पौने ११ बजे मन्त्रिपरिषद्को बैठकले अध्यादेश अघि बढाउने निर्णय गरेको बताए । ‘राति पौने ११ बजे अध्यादेश पारित गरेर राष्ट्रपतिकहाँ पठाएका हौँ’, उनले भने, ‘हामी मध्यराति पनि काम गर्छौँ । हामी आराम गर्ने जन्मनेको होइन । काम जतिबेला पनि हुन्छ ।’

उनले जनताको आकांक्षालाई सफल बनाउने कुरामा सरकार प्रतिबद्ध छ भन्ने कुरालाई यी चार अध्यादेशले पुष्टि गरेको पनि बताएका छन् ।

ओलीले राष्ट्रपतिबाट प्रमाणीकरण भएका अध्यादेशहरू ६० दिनमा संसद्‍बाट पारित गर्ने बचन पनि दिए ।

‘प्रतिनिधि सभाको बैठक सुरु भएकै दिन सबै अध्यादेश सदनमा पेस हुन्छन्’, उनले भने।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ३१ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये