शेख हसिनाविरुद्ध विद्यार्थी हत्याको मुद्दा दायर « Khabarhub

शेख हसिनाविरुद्ध विद्यार्थी हत्याको मुद्दा दायर


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप मुद्दा दर्ता भएको छ । 

राजधानी काफ्रुल क्षेत्रको ढाका मोडल डिग्री कलेजका १८ वर्षीय विद्यार्थी फैजुल इस्लाम राजोनलाई गोली हानी हत्या गरेको आरोपमा पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा दर्ता गरेको हो । 

बङ्गलादेशका मिडियाका अनुसार हसिनासहित २४ जना विरुद्ध मुद्दा दायर गरिएको छ। शेख हसिनाविरुद्ध दुई दिनमा दायर भएको यो तेस्रो मुद्दा हो।

बुधबार राजोनका भाइ ३२ वर्षीय राजीवले ढाका महानगरीय मजिस्ट्रेट अहमद हुमायुन कबीरको अदालतमा मुद्दा दायर गरेका हुन ।

अदालतले वादीको बयान स्वीकार गर्दै काफ्रुल प्रहरी चौकीलाई पहिलो सूचना प्रतिवेदन (एफआईआर) का रूपमा मुद्दा दर्ता गर्न निर्देशन दिएको छ । यसअघि सन् २०१५ मा उत्तराबाट सर्वोच्च अदालतका एक वकिललाई जबरजस्ती बेपत्ता पारेको आरोपमा शेख हसिना र अन्य चारजनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

मंगलबार अबु सईद नामको किराना पसल मालिकको हत्याको आरोपमा हसिना र अन्य छ जना विरुद्ध यस्तै हत्याको मुद्दा दायर गरिएको थियो।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ४ : २४ बजे

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी