माधव नेपालले कांग्रेस-एमालेलाई भने : दुई दलीय व्यवस्था सहँदैनौँ, आउन पनि दिँदैनौँ « Khabarhub

माधव नेपालले कांग्रेस-एमालेलाई भने : दुई दलीय व्यवस्था सहँदैनौँ, आउन पनि दिँदैनौँ


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा शान्ति प्रकृया निष्कर्षमा पुर्‍याउन आफ्नो पनि योगदान रहेको भन्दै कमजोर नठान्न आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री नेपालले शान्ति पक्रियालाई यहाँसम्म ल्याउन ठूलो योगदान गरेको बताए । सानो सुखले यो अवस्था आइनपुगेको भन्दै कमजोर आँक्न नहुने नेपालले बताए ।

‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन । मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’, उनले भने, ‘जब शान्ति प्रक्रियामा हस्ताक्षर भयो, त्यसमा हामी सहभागीलाई पनि साक्षी राख्नुस् भन्दा सानो चित्त भएकाले राखेनन् ।’

नेपालले संविधान संशोधनको कुरामा मध्यराति हस्ताक्षर गरेको भन्दै नेपालमा दुई दलीय व्यवस्था आउन नदिने बताए ।

‘दुईदलीय शासन ल्याउन खोजेको हो ? आउन दिँदैनौँ । बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ । यसलाई अझ समृद्ध बनाउन चाहन्छौँ,’ उनले भने, ‘कति मीठो कुरा छ, संविधान संशोधन । राति हस्ताक्षर गर्ने हो ? के हो नियत ? ख्याल गर्नुस्, दुईदलीय व्यवस्था कसैले सहनेवाला छैन । संघीय लोकतान्त्रिक गणतन्त्रलाई हामी अझ समृद्ध बनाउँछौँ ।’

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ४ : २८ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र