संसद्‍ भवनमा छिरेका युवक जब विरोध प्रदर्शनमा उत्रिए (तस्बिरहरू) « Khabarhub

संसद्‍ भवनमा छिरेका युवक जब विरोध प्रदर्शनमा उत्रिए (तस्बिरहरू)


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्‍मा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तिम टुंगो दिन छलफल हुँदै गर्दा बाहिर एकजना युवकले प्रदर्शन गरेका छन् ।

संसद् भवन परिसरमा अछामका एकजना युवक दीपक देवकोटाले प्रदर्शन गरेका हुन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर’ भन्दै विद्यार्थीका रुपमा प्रवेश गरेका ती युवकले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी युवकले ‘नक्कली भुटानी शरणार्थी, सहकारी ठगी र गिरीबन्धु टी-स्टैटका नाइकेहरूलाई कारबाही गर’ लेखिएको प्लेकार्ड प्रदर्शन गरे ।

प्रदर्शनमा संलग्न अछामका देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी रहेको खुलेको छ ।

मास्क लगाएका देवकोटाले त्यसमाथि कालो टेप टाँसेर विरोध प्रदर्शन गरेका थिए । उनलाई अहिले नयाँ बानेश्वर प्रहरी बृत्तमा राखिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ४ : ३९ बजे

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक