प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित भएपछि अमेरिका खुसी « Khabarhub

प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित भएपछि अमेरिका खुसी


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बैठकबाट बुधबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ पारित भएकोमा अमेरिकाले खुसी व्यक्त गरेको छ

नेपालस्थित अमेरिकी राजदूत डीन आर थोम्प्सनले सामाजिक सञ्जाल एक्समार्फत आफ्ना भनाइ सार्वजनिक गर्दै शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने गरी टीआरसी विधेयक संसद्‍‍बाट पारित भएकोमा खुसी जनाएका हुन् ।

उनले यो विधेयक पारित गरेकोमा नेपाली जनतालाई धन्यवादसमेत दिएका छन् । अमेरिकाले टीआरसी विधेयक पारित हुनुलाई नेपालको आफ्नै शान्त, समृद्ध, लोकतान्त्रिक भविष्य निर्माणको यात्राको संज्ञा पनि दिएको छ ।

‘सङ्क्रमणकालीन न्याय विधेयक आज प्रतिनिधिसभाबाट पारित भएकोमा खुसी लागेको छ’, राजदूत थोम्पसनले भनेका छ्, ‘ बधाई छ नेपाली जनतालाई । यो अमेरिकाले नेपालको आफ्नै शान्त, समृद्ध लोकतान्त्रिक भविष्य निर्माण गर्ने यात्राको अर्थपूर्ण क्षण हो।’

बुधबार प्रतिनिधि सभाको बैठकमा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पास भएको हो ।

प्रतिनिधिभाबाट पारित भएसँगै अब उक्त विधेयकमाथि राष्ट्रियसभामा पनि छलफल हुनेछ । शीर्ष तीन दलको कार्यदलले विवादिद बिषयमा सहमति जुटाएपछि कानुन न्याय तथा मानव अधिकार समितिले उक्त विधेयकलाई सर्वसम्मत रुपमा पारित गर्दै प्रतिनिधिसभामा पेश गरेको थियो ।

२०७९ चैत ५ गते प्रतिनिधि सभामा प्रस्तुत भएको विधेयकलाई २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ६ : ४६ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट