निषेधित प्लास्टिक उत्पादन गर्नेलाई छ हजारसम्म जरिवाना हुने | Khabarhub Khabarhub

निषेधित प्लास्टिक उत्पादन गर्नेलाई छ हजारसम्म जरिवाना हुने


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको व्यास नगरपालिकाले निषेधित प्लास्टिकजन्य झोलालगायत सामग्री प्रयोग गर्ने उपभोक्तादेखि बिक्रेता र उत्पादकसम्मलाई जरिवानाको व्यवस्था गरेको छ ।

वातावरणमैत्री नगरपालिका निर्माणका लागि दीर्घकालीन सोचका साथ प्रक्रिया अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

यहाँ प्रयोगकर्ताको सामान जफत गरी रु एक सय, बिक्रेतालाई रु पाँच सयदेखि एक हजारसम्म र उत्पादकलाई रु दुई हजारदेखि छ हजारसम्म जरिवानाको व्यवस्था गरेको उनले बताए । यहाँ कुहिने फोहोर व्यास–१०, गौ संरक्षण केन्द्रमा विसर्जन गरिएको छ भने नकुहिने फोहरलाई पुनःप्रयोगमा ल्याई बिक्री वितरण गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत गैरेले बताए ।

“विगत लामो समयदेखि समाधान हुन नसकेको फोहरको समस्याको स्थायी समाधानका लागि विज्ञद्वारा वर्गीकरण कार्य भइरहेको छ”, उनले भने, “कुहिने र नकुहिने वस्तु वर्गीकरण गरी व्यवस्थापन गर्दै आएका छौँ । पुनः प्रयोगमा आउने सामग्री छुट्याइ बिक्रीमा पठाइने गरिएको छ । सिसाजन्य सामग्री अलग्गै सङ्कलन गरी कार्यालय परिसरबाट बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।”

नगरपालिकाले विसं २०८१ जेठ १ गतेदेखि प्लास्टिकका झोला, प्लेट, कपलगायतका हानिकारक प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निषेधित गर्दै आएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । वातावरणलाई स्वच्छ र सफा राख्न बनेको व्यासनगर प्लास्टिकजन्य वस्तुको प्रतिबन्ध गर्नेसम्बन्धी ऐन २०८१ र सोको कार्यविधि अनुरूप प्लास्टिकजन्य सामाग्री प्रयोगमा निषेध गरिएको उनको भनाइ छ ।

प्लास्टिक झोलाको सट्टामा वातावरणमैत्री कपडा, जुट वा कागजका झोला र कागजका कप, प्लेट वा दुनाटपरी वा जैविक पदार्थबाट बनेका वस्तु मात्र प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

“व्यासनगर क्षेत्रभित्र निषेधित प्लास्टिक उत्पादन, बिक्री वितरण वा प्रयोग गर्न प्रतिबन्ध गरिएको छ”, नगरप्रमुख न्यौपानेले भने, “यदि ऐन नियमविपरीत गरेको पाइएमा जरिवानाको भागिदार बन्नुपर्नेछ ।” फोहर व्यवस्थापनका लागि नगरपालिकाले जग्गा खरिद प्रक्रियासमेत अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १० : ३५ बजे

उखु उत्पादक किसानलाई १ अर्ब ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराउन माग

काठमाडौं– नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु

भिजिट भिसा प्रकरणमा हामीले ल्याएको प्रस्तावबाट रास्वपा पछि हट्यो : सचेतक घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा

भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ९७ पुग्यो 

काठमाडौं– भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ

गण्डकीको बजेट : जलवायु संकटको सन्देश दिन माछापुच्छ्रे संवाद 

पोखरा– गण्डकी प्रदेश सरकारले संकटको सन्देश दिन माछापुच्छ्रे संवाद गर्ने

सासु भत्तामा किर्ते : नरैनापुरका पूर्वअध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाविसका