निषेधित प्लास्टिक उत्पादन गर्नेलाई छ हजारसम्म जरिवाना हुने « Khabarhub

निषेधित प्लास्टिक उत्पादन गर्नेलाई छ हजारसम्म जरिवाना हुने


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको व्यास नगरपालिकाले निषेधित प्लास्टिकजन्य झोलालगायत सामग्री प्रयोग गर्ने उपभोक्तादेखि बिक्रेता र उत्पादकसम्मलाई जरिवानाको व्यवस्था गरेको छ ।

वातावरणमैत्री नगरपालिका निर्माणका लागि दीर्घकालीन सोचका साथ प्रक्रिया अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

यहाँ प्रयोगकर्ताको सामान जफत गरी रु एक सय, बिक्रेतालाई रु पाँच सयदेखि एक हजारसम्म र उत्पादकलाई रु दुई हजारदेखि छ हजारसम्म जरिवानाको व्यवस्था गरेको उनले बताए । यहाँ कुहिने फोहोर व्यास–१०, गौ संरक्षण केन्द्रमा विसर्जन गरिएको छ भने नकुहिने फोहरलाई पुनःप्रयोगमा ल्याई बिक्री वितरण गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत गैरेले बताए ।

“विगत लामो समयदेखि समाधान हुन नसकेको फोहरको समस्याको स्थायी समाधानका लागि विज्ञद्वारा वर्गीकरण कार्य भइरहेको छ”, उनले भने, “कुहिने र नकुहिने वस्तु वर्गीकरण गरी व्यवस्थापन गर्दै आएका छौँ । पुनः प्रयोगमा आउने सामग्री छुट्याइ बिक्रीमा पठाइने गरिएको छ । सिसाजन्य सामग्री अलग्गै सङ्कलन गरी कार्यालय परिसरबाट बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।”

नगरपालिकाले विसं २०८१ जेठ १ गतेदेखि प्लास्टिकका झोला, प्लेट, कपलगायतका हानिकारक प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निषेधित गर्दै आएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । वातावरणलाई स्वच्छ र सफा राख्न बनेको व्यासनगर प्लास्टिकजन्य वस्तुको प्रतिबन्ध गर्नेसम्बन्धी ऐन २०८१ र सोको कार्यविधि अनुरूप प्लास्टिकजन्य सामाग्री प्रयोगमा निषेध गरिएको उनको भनाइ छ ।

प्लास्टिक झोलाको सट्टामा वातावरणमैत्री कपडा, जुट वा कागजका झोला र कागजका कप, प्लेट वा दुनाटपरी वा जैविक पदार्थबाट बनेका वस्तु मात्र प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

“व्यासनगर क्षेत्रभित्र निषेधित प्लास्टिक उत्पादन, बिक्री वितरण वा प्रयोग गर्न प्रतिबन्ध गरिएको छ”, नगरप्रमुख न्यौपानेले भने, “यदि ऐन नियमविपरीत गरेको पाइएमा जरिवानाको भागिदार बन्नुपर्नेछ ।” फोहर व्यवस्थापनका लागि नगरपालिकाले जग्गा खरिद प्रक्रियासमेत अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १० : ३५ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि