पेरिस ओलम्पिक : भारतीय खेलाडी फोगाटको अपिल खारेज « Khabarhub

पेरिस ओलम्पिक : भारतीय खेलाडी फोगाटको अपिल खारेज


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय कुस्ती खेलाडी विनेश फोगाटको अपिल खेलकुदको लागि मध्यस्थता अदालत (सीएएस) को तदर्थ डिभिजनले खारेज गरेको छ।

पेरिस ओलम्पिक अन्तर्गत महिला कुस्तीको फाइनल खेलअघि तौल बढी भएपछि उनलाई अयोग्य ठहर गरिएको थियो । त्यसका विरुद्ध फोगाटाले अदालतमा अपिल गरेकी थिइन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार सीएएसले बुधबार फोगाटको अपिल खारेज गर्दै रजत पदकका लागि समेत अयोग्य रहेको बताएको हो ।

यसलाई भारतीय ओलम्पिक संघ (आईओए)ले खेलाडीहरूको मनोवैज्ञानिक र शारीरिक तनाव बुझ्न असफल अमानवीय नियमको रुपमा टिप्पणी गर्दै आलोचना गरेको छ । आईओएका अध्यक्ष पीटी उषाले यो निर्णयबाट अत्यन्तै निराश भएको बताएकी छिन् ।

यसअघि ९ अगस्टमा मध्यस्थता अदालतले यो मुद्दाको सुनुवाइ गरेको थियो । त्यसबेला विनेश पनि भर्चुअल रूपमा उपस्थित थिइन् । त्यस्तै १३ अगस्ट अथार्त मंगलबार पनि यो मुद्धाको सुनवाइ भएको थियो ।

अगस्ट ६ मा विनेश फोगाटले लगातार तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ओलम्पिकमा महिला कुस्तीको ५० केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी थिइन् । यसरी फाइनलमा प्रवेश गर्ने उनी पहिलो भारतीय महिला खेलाडी हुन् । कम्तीमा पनि रजत पदक पक्का गरेकी फोगाटको तौल १०० ग्राम बढी भएपछि अयोग्य घोषित भएकी थिइन् ।

उनले यो पूरै घटनाबारे कुनै प्रतिक्रिया नदिइ अगस्ट ८ मा सामाजिक सञ्जाल वेबसाइट एक्समा पोस्ट गर्दै कुस्तीबाट सन्यास लिने घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ११ : ४० बजे

विद्युत् ‘पोल’ भाडा बक्यौता असुली प्रक्रिया सुरु

काठमाडौं– लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् ‘पोल’ भाडा बक्यौता

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा