बाँके धानजोनद्वारा दुई हजार तीन सय हेक्टरमा खेती « Khabarhub

बाँके धानजोनद्वारा दुई हजार तीन सय हेक्टरमा खेती


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेमा विगत तीन वर्षदेखि ‘धानजोन परियोजना’लागू भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ बर्दियाले ‘धानजोन परियोजना’बाँकेका तीन गाउँपालिकामा लागू गरेको हो।

बाँकेको जानकी, खजुरा र बैजानाथ गाउँपालिकाको ११ वटा वडाका दुई हजार तीन सय हेक्टर जमिनमा धानखेती गरिएको परियोजनाका कृषि अधिकृत गणेश यादवले बताए। “हामीले धानको मूल बीउ उत्पादनका लागि बाँकेका तीनवटा गाउँपालिकामा यो परियोजना लागू गरेका हौँ,” उनले भने, “यो परियोजनाले धानखेतीका लागि सिँचाइ, कृषियान्त्रिकीकरण, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ।”

यादवका अनुसार जानकी गाउँपालिका-२ वनकटवाको ग्रिन नेपाल कृषि फर्म र सोही पालिकाकै वडा नम्बर ३ रामवापुरको बैष्णो कृषि फर्ममार्फत १० हेक्टर क्षेत्रफलमा धानको मूल बीउ उत्पादनका लागि खेती गरिएको छ। धानको अवस्था बुझ्न कृषि प्राविधिकले १० हेक्टर क्षेत्रफलमा लगाइएको धानको अनुगमन गरेका छन्।

यस क्षेत्रका किसानलाई सहज रुपमा बीउ उपलब्ध गराउन राधाचार र रामधानको मूल बीउ उत्पादन गरिँदैछ। जसअन्तर्गत चार सय क्विन्टल मूल बीउ उत्पादन हुने परियोजनाका कृषि अधिकृत गणेश यादवले बताए। उनले परियोजनाले बिज वृद्धि कार्यक्रमका लागि एक लाख ५० हजार बजेट विनियोजन गरेको जानकारी दिएका छन्। उक्त रकम बीउ बिषादी, जिङ्क र साइन बोर्डमा अनुदान दिइएको परियोजनाले जनाएको छ।

परियोजनाले आधुनिक तरिकाले खेती गर्न तीन ठाउँमा ‘कष्टमहायरिङ्ग सेन्टर’ स्थापना गरेको यादवले बताए। जनहित कृषक समूह बैजानाथ-८ झिगौराका अध्यक्ष जगनरायाण थारुले कष्ट महायरिङ्ग सेन्टर स्थापनापछि किसानलाई फाइदा भएको उनको भनाइ छ।

परियोजनाले सहकारी र समूहका किसानहरुलाई ‘कष्टमहायरिङ्ग सेन्टर’मार्फत ट्याक्टर, थ्रेसर, रोटाबेटर, लेबलर, पावर टिलरलगायत कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको परियोजनाका कृषि अधिकृत यादवले बताए।

परियोजनाले समेटेको कार्यक्षेत्रअन्तर्गत आठ सय १४ जना कृषक तथा समूह र सहकारी जोडिएका छन्। ती किसानका लागि यो चालु आर्थिक वर्षमा साना सिँचाइ, धानको चकलाबन्दी, कष्टमहायरिङ्ग सेन्टर स्थापना, धानको बिज वृद्धि, कृषि यान्त्रिकीकरणमा सहयोग, पोष्टहार्वेष्ट, सामग्री वितरण, औद्योगिक संरचना निर्माण तथा मेसिनरी सहयोग, व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रम, तरकारी क्षेत्र विस्तार कार्यक्रम रहेको परियोजनाका सूचना अधिकारी ध्रुवराज जोशीले जानकारी दिए।

उनका अनुसार यसै परियोजनाअन्तर्गत बाँकेमा चालु आर्थिक वर्ष २०८१-८२ बाट तरकारी जोनको कार्यक्रम सञ्चालन हुँदैछ। जसअन्तर्गत पाँच सय हेक्टर तरकारी खेतीमा सहयोग गर्ने परियोजनाका सूचना अधिकारी जोशीले बताए।

चालु आवमा एक करोड २९ लाख धानखेती र ५० लाख तरकारीखेती प्रवर्द्धनका लागि बजेट रहेको परियोजनाले जनाएको छ।

परियोजनाअन्तर्गत यसै वर्ष बाँकेको जानकी गाउँपालिका-१, २, ३, ४ त्यसैगरी, खजुरा गाउँपालिका-२ र ४ र बैजानाथ गाउँपालिका-२, ३ र ४ गरी ११ वटा वडामा कार्यक्रम लागू गरिएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ७ : २४ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान