अनुचित लेनदेन भएको खुलेपछि फिर्ता भयो सात कठ्ठा जग्गा « Khabarhub

अनुचित लेनदेन भएको खुलेपछि फिर्ता भयो सात कठ्ठा जग्गा


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन – अनुचित लेनदेन गरी लिइएको सात कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ।

अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगमा परेको उजुरीका आधारमा खैरहनी नगरपालिकाका अनुचित लेनदेनका पीडितलाई जग्गा फिर्ता गराउने सहमति भएको जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा गोपिचन्द्र दवाडीले जानकारी दिए।

दवाडीले भने, “पीडितले एक महिनाभित्र दुई करोड ४० लाख तिर्ने र पीडकले जग्गा फिर्ता गर्ने गरी सहमति जुटाएर पठाएका छौँ।” पीडकले पीडितसँग वि.सं. २०७९ भदौमा जग्गा लिएका थिए।

कार्यालयमा पछिल्लो पटक वि.सं. २०८१ जेठ ११ गतेदेखि साउन ४ गतेसम्म ७० वटा अनुचित लेनदेनसम्बन्धी निवेदन दर्ता भएका थिए। जसमध्ये पाँच वटा मुद्दा किनारा लागेका छन्।

२७ वटा निवेदनमाथि जिल्ला अदालतमा मुद्दा दर्ता भएकाले प्रशासनले हेर्न नमिल्ने भएको उनको भनाइ छ।

प्राप्त उजुरीमाथि छलफल गर्नका लागि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको संयोजकत्वमा तीन सदस्यीय उजुरी फछर्यौट संयन्त्र गठन गरी छलफल सुरु भएको थियो।

दवाडीले भने, “संयन्त्रले प्राप्त उजुरीमाथि प्राथमिकताका आधारमा छलफल गरेको छ। अब आपसी समझदारीबाट समाधान निकाल्छौँ।”

वि.सं. २०८० साउनयता विभिन्न समयमा आयोगले उजुरी आह्वान गरेको समयमा ९१ वटा उजुरी दर्ता भएका थिए। कूल ८६ वटा उजुरीको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ९ : ४२ बजे

जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

दोलखा– जिरी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा

गगन भन्छन् : २०१५ सालका बीपीलाई जस्तै बालेनलाई ऐतिहासिक अवसर मिलेको छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई अहिले

काठमाडौँ फिल्म फेस्टिभल गर्ने महानगरको योजना

काठमाडौं- काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रियको चलचित्र महोत्सव आयोजना गर्ने योजना बनाएको

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा