विद्युत पोखरीलाई पर्यटकीय गन्तव्य किन नबनाउने ? | Khabarhub Khabarhub

विद्युत पोखरीलाई पर्यटकीय गन्तव्य किन नबनाउने ?

इन्द्रसरोवर पुगे ५० हजार पर्यटक



नेपालमा २०१६ ताका एउटा वाक्य प्रयोगमा आयो “हेभेन ईज अ मिथ, नेपोल ईज रियल।” यसको अर्थ “स्वर्ग मिथक हो, नेपाल वास्तविक हो” हुन्छ। यो वाक्य २०१९ मा नेपाल भ्रमण वर्ष २०२० अभियान सुरु भएपछि लोकप्रिय भए। सांस्कृतिक सम्पदा, कलाकृति र प्राकृतिक श्रोतले भरिपूर्ण, बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र नेपाल विश्वमा सगरमाथाको देशले चिनिन्छ। पर्यटक नेपालमा खासगरी हिमाल हेर्न तथा पर्वतारोहणका लागि आउने गरेका छन्। हामीले प्रचारप्रसार पनि यसैगरी गरेका छौं।

पछिल्लो समय हाम्रा संस्कृति, कला, कौशल जस्ता सम्पदा पनि पर्यटनको गन्तव्य बनेका छन्। तर जलविद्युत तथा यससँग जोडिएर पर्यटनको चर्चा कम हुने गरेको छ। छिमेकी देश भुटानले धार्मिक तथा विद्युत पर्यटनमा आफ्नो भविष्य खोजिसकेको छ भने हामी किन नखोज्ने ? नेपालका विद्युत गृह पर्यटनका लागि कतिको आकर्षक गन्तव्य हो त ? के विद्युत उत्पादनको लागि पानी जम्मा गर्न निर्माण गरिएका पोखरी पर्यटकको रोजाइमा पर्दैनन् ? यो पश्नको उत्तर हो– पर्छ। यो हाम्रा लागि विगतका समीक्षा र महत्त्वपूर्ण सिकाई तथा भविष्यको लागि राम्रो पाठ हुन सक्दछ।

हामीसँग पछिल्लो २०८०/०८१ मा मात्रै १७ हजार २९७ पर्यटक रारा पुगेको तथ्याङ्क छ भने यसै यसै वर्ष कुलेखानी जलविद्युत गृहको पानी संरक्षण गरेर राखिएको इन्द्रसरोवर तालमा करिब ५० हजारको हाराहारीमा पर्यटक भित्रिएको स्थानीय व्यवसायी अनुमान गर्छन्। विद्युत पर्यटनको लागि उपयुक्त नीतिको अभाव एवम् सरकारको ध्यान नपुग्दा पनि यो संख्यामा विद्युत गृह, ताल तथा सौन्दर्य हेर्न पर्यटक पुगेका छन्।

उपयुक्त योजना र सरकारको अपनत्व हुन सके विद्युत पर्यटनबाट सरकारलाई राम्रो रोयल्टी प्राप्त हुने निश्चित छ। यसबाट सरकारले भविष्यमा यसक्षेत्रमा योजना बनाएर थप पर्यटन विकासका पूर्वाधार निर्माण गर्न सक्नेछन् र दीर्घकालीन पर्यटक आकर्षणको केन्द्र बनाउन सहज हुनेछ।

भूइँमान्छेको जीविकामा सहज
नेपालमा जलविद्युत आयोजनाको विकास तीव्र गतिमा भइरहेको छ। यसबाट स्थानीय स्तरमा रहेका भूइँमान्छेको जीविकोपार्जनमा असर पुगेको हुन्छ। यसरी विद्युत गृह निर्माण हुँदा रोजगारीको सिर्जना, स्थानीय अर्थतन्त्र चलायमान, स्थानीय उत्पादनको खपत तथा पर्यटन प्रवद्र्धन हुनेमा दुईमत छैन। जसले भूइँमान्छेको जीवनयापन सहज बन्दै जान्छ। विद्युत गृहमा अध्ययन, अनुसन्धान, निर्माण, संरक्षण तथा पर्यटनका लागि आन्तरिक तथा बाह्य मानिसको आवागमन बढ्ने हुँदा त्यसक्षेत्रका आर्थिक क्रियाकलापहरु बढोत्तरी हुँदै जाने निश्चित छ।

आयोजना क्षेत्रमा उत्पादन हुने तरकारी, धान, गहुँ, मकै, कोदो, फापर तथा मासुजन्य उत्पादनले स्थानीय बजार प्राप्त गरेका छन्। आयोजनाका कर्मचारी तथा सुरक्षामा खटिएका सुरक्षाकर्मी चाडबाड तथा अन्य समयमा स्थानीय उत्पादन खोज्दै किसानको दैलासम्मै आउने गरेका छन्। कुलेखानीको तालमा उत्पादन हुने माछा हेटौंडा–काठमाडौं यात्रा गर्ने यात्रु एवम् पर्यटकहरुका लागि खपत हुने गरेको छ।
जलाशय तथा आसपासको क्षेत्रको खाली जमिनमा वृक्षारोपण हुने तथा वन जंगल, जैविक विविधताको संरक्षण हुने गरेका छन्। जसले वातावरणीय सन्तुलन कायम राख्न समेत मद्दत पुगेको छ। विद्युत गृह र पानी संकलन गर्ने ठाउँ तथा बजारसँगको कनेक्टीभिटीका लागि स्थानीय पूर्वाधार जस्तैसडक, पुल तथा विद्युतीकरणमा व्यापक सुधार आएको छ। जसले स्थानीय समुदायको जीवनस्तर सुधार्नका लागि मद्दत पु-याउँदो रहेछ। आयोजनाले विद्युतको बिक्री वितरणबाट प्राप्त गरेको अर्थतन्त्रको केही हिस्सा स्थानीय विकासका लागि समेत प्राप्त हुने नीतिगत व्यवस्थाले स्थानीयलाई नै फाइदा पुगेको छ।

कुलेखानीको बहुआयामिक महत्त्व
कुलेखानी जलविद्युत आयोजनालाई विश्वविद्यालयका प्राज्ञिक प्राध्यापक तथा अध्यताका लागि अध्ययन अनुसन्धान गर्ने थलोका रुपमा विकसित गरिनु अपरिहार्य छ। यो आयोजना मानव निर्मित सिमेन्टको प्रयोगविहीन ड्याम भएको र वर्षाको पानीलाई जम्मा गरी हिउदको समयमा विद्युत उत्पादन गर्न निर्माण गरिएको आयोजना हो। यहाँ अग्ला पहाडको कुलेखानी र मार्खु क्षेत्रबाट तल भीमफेदीको धोर्सिङ्गस्थित बेंसीमा पानी पु-याई ६० मेघावाट विद्युत उत्पादन गरिएको छ। यस आयोजनालाई कुलेखानी प्रथम नाम दिइएको छ भने यसैबाट कुलेखानी दोश्रो ३२ मेघावाट र कुलेखानी तेश्रो १४ मेघावाट आयोजनाहरु समेत सञ्चालन गरिएको छ।

यो प्राज्ञिक वर्गका लागि राम्रो प्रविधि तथा सामग्री हुनसक्छ। यो आयोजना २०३८ सालमा निर्माण गरिएको हो र यस्को पानी संकलन गरेर राखिएको ताल सामुद्रिक सतहबाट १ हजार ५३० मिटर उचाइमा अवस्थित छ। यो ताल ८ किलोमिटर लामो र ९७ मिटर गहिरो रहेको छ। यो तालमा पानीको गहिराई मात्रै १०७ मिटर रहेको छ। यो विद्युत गृहको उत्पादन केन्द्र भने पहिलो धोर्सिङ, दोश्रो भैंसे दोभान तथा तेस्रो सानुटारमा रहेको छ।

नेपालका सबैजसो भूभागहरु यस्तै अग्ला पहाडहरुले भरिएको हुँदा यसको अध्ययनबाट प्राप्त हुने तथ्य तथा तथ्याङ्कहरु महत्वपूर्ण हुन्छन्।यहाँ प्रयोग गरिएका प्रविधि तथा डिजाइनहरुबारे अध्ययन गरी नयाँ प्रविधिको विकास तथा सुधारका सम्भावना बारे थप कुरा पत्ता लगाउन सकिन्छ। यहाँ अध्ययन गर्दा जलाशयको क्षमता, पानी प्रवाहको व्यवस्थापन, टर्बाइन, जेनरेटर र अन्य उपकरणहरूको कार्यक्षमता, मर्मतसम्भारका तरिका तथा प्रभावका बारे समेत ज्ञान हासिल गर्न सकिन्छ। कति पानीको क्षमताबाट उर्जा उत्पादन हुन्छ ? र त्यसको बजार तथा आर्थिक लाभबारे ज्ञान प्राप्त गर्न सकिन्छ।

इन्द्रसरोवरले देखाएको चाँदीको घेरा
अहिले इन्द्रसरोवरको ताल क्षेत्र वरपर केही राम्रा होटल तथा रेष्टुरेन्ट सञ्चालन हुन थालेका छन्। यहाँ आउने पर्यटक पनि बृद्धि भएसँगै यहाँको होटल व्यवसायको क्षमतामा पनि वृद्धि हुँदै गइरहेको छ। यहाँ सामुदायिक सहभागितामा माछा पालन, डुंगा सैर, होमस्टेजस्ता पर्यटन पूर्वाधारका काम भएका छन्।

निजीक्षेत्रले पनि साहसिक जिपलाइन, हाइकिङ, साँस्कृतिक, प्याराग्लाईडिङलाई महत्त्व दिएर सञ्चालनमा ल्याएका छन्। यस किसिमका गतिविधिहरुले पर्यटकलाई आकर्षण गरिरहेको छ। यो क्षेत्रविद्युत उत्पादनको उद्देश्यले निर्माण गरिएको हुँदा पर्यटनका गतिविधि सञ्चालनमा नीतिगत समस्या रहेका छन्। त्यसैको प्रतिफल कहिलेकाहीँ होटल सञ्चालक र विद्युत प्राधिरणबीच असमझदारी बढेको हुन्छ।

सरकारी तवरबाट पर्यटन तथा विकासको उद्देश्यले सञ्चालन गरिने योजना कार्यान्वयनमाजटिलता देखिएका छन्। हुन त यो व्यवहारिक पाटो पनि हो। तर पनि यस क्षेत्रमा राज्यले औपचारिक पर्यटनको नीति लिँदा र पर्यटनको संगठन निर्माण वा समुदायको सहभागितामा संगठित रुपमा प्रचारका अभियानहरु सञ्चालन गरी सूचना निर्देशिका र सुरक्षा मापदण्ड तयार गरेर भ्रमणका कार्यक्रम तय गर्नु आवश्यक छ। यो मनमोहक इन्द्रसरोवर ताल र यसका वरपर संग्रहित भएर रहेका पर्यटन आकर्षणका गन्तव्यहरुयति सुन्दर छन् कि यसैका कारण कुलेखानीलाई जलविद्युतको शार्दूल संग्रहालय हो भन्न सकिन्छ।

कुलेखानी जलविद्युत आयोजनाको परियोजना निर्माणको चरणमा ठूलो संख्यामापाहुना राख्न सकिने गरी आवास क्षेत्रहरु निर्माण भएका थिए। ती घरहरु आज भूत बंगलामा परिणत हुने अवस्थामा पुगेका छन्। यदि यसलाई नीतिगत व्यवस्था गरी उपयोगमा ल्याउने हो भने पनि ती आवास गृह पर्यटकका लागि उपयोग गर्न सकिन्छ।यसो गर्दा मौसमी र एक दिने पिकनिकका लागि मात्रै नभई दीर्घकालीन रुपमै पर्यटकको आकर्षण बढ्नेछ।

अहिले मानिसको आकर्षण ताल क्षेत्रमा मात्रै भए जस्तो देखिए पनि खोज, अध्ययन तथा अनुसन्धानका लागि आउने पर्यटक टर्र्बाइन राखेर विद्युत उत्पादन गरिएको स्थानमा ज्यादा आउने हुनाले विद्युत गृह लक्षित पर्यटनका कृयाकलापलाई पनि उचित ध्यान दिइनुपर्छ। यसमा विशेष गरी स्थानीय सरकार, स्थानीय, पर्यटनविद् तथा विद्युत गृह मिलेर अघि बढ्नु पर्दछ। यसमा सरकारले विद्युत उत्पादनसँगै पर्यटन गतिविधि सञ्चालन गर्न सकिने किसिमको नीतिगत व्यवस्था गर्न आवश्यक छ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ११ : ०३ बजे

प्रि ओपन सेसन अपडेट : नेप्से साढे ९ अंकले घट्यो

काठमाडौं– प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.५२ अंकले घटेको छ

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख

दाङ– दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला

सिरहामा एकवर्षमा मानवअधिकार उल्लङ्घनका ८८ घटना

सिरहा– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिरहामा सन् २०२४ मा

एमाले सचिवालय बैठक बुधबारका लागि आह्वान

काठमाडौं– नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

सिक्लेसको मौलिकता संरक्षणमा पर्यटन व्यवसायीले जोड

गण्डकी– कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले