मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु « Khabarhub

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन सुरु भएको छ। हिमाली भेगमा केहीदिनदेखि करु काट्ने सिजन सुरु भएको चुमनुब्री गाउँपालिका वडा नं. २ ल्होका साङ्गेदोर्जे लामाले जानकारी दिए।

३१०० मिटर उचाइमा रहेको नुब्री उपत्यकामा अहिले किसानहरु धमाधम करु काट्न थालेका उनले बताए।

‘हाम्रो मुख्य बाली करु र आलु हो’ लामाले भन्नुभयो, ‘अहिले करु भित्र्याउने सिजन सुरु भएको छ। हामीलाई बिहानैदेखि करु काट्न भ्याइनभ्याइ छ। आलोपालो अर्मपर्म गरेर करु भित्र्याउने गर्छौँ।’

करु साउनमा र चैतमा रोप्ने गरिन्छ । ‘उच्च हिमाली हावापानीका कारण तीनहजार मिटरभन्दा माथि बर्षमा दुई पटकमात्र खेतीबाली लगाइन्छ’, लामाले भने, ‘चैतमा लगाएको करु असारमा काटिन्छ, फेरि साउनमा लगाएर कात्तिकमा काटिन्छ। सँधै उही बाली लगाइरहनु हुँदैन भनेर आलोपालो गरेर कहिले मकै कहिले आलु लगाउँछौँ।’

करु चम्पा(सातु), खोले र ढिडो बनाएर खानका लागि प्रयोग गर्ने गर्छन्। उच्च हिमाली भेगको करु स्वादिलो, पोषिलो हुनेहुँदा काठमाडौँ बस्नेहरुले पनि झिकाएर प्रयोग गर्ने गाउँलेहरुको भनाइ छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ११ : ११ बजे

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।