मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु | Khabarhub Khabarhub

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन सुरु भएको छ। हिमाली भेगमा केहीदिनदेखि करु काट्ने सिजन सुरु भएको चुमनुब्री गाउँपालिका वडा नं. २ ल्होका साङ्गेदोर्जे लामाले जानकारी दिए।

३१०० मिटर उचाइमा रहेको नुब्री उपत्यकामा अहिले किसानहरु धमाधम करु काट्न थालेका उनले बताए।

‘हाम्रो मुख्य बाली करु र आलु हो’ लामाले भन्नुभयो, ‘अहिले करु भित्र्याउने सिजन सुरु भएको छ। हामीलाई बिहानैदेखि करु काट्न भ्याइनभ्याइ छ। आलोपालो अर्मपर्म गरेर करु भित्र्याउने गर्छौँ।’

करु साउनमा र चैतमा रोप्ने गरिन्छ । ‘उच्च हिमाली हावापानीका कारण तीनहजार मिटरभन्दा माथि बर्षमा दुई पटकमात्र खेतीबाली लगाइन्छ’, लामाले भने, ‘चैतमा लगाएको करु असारमा काटिन्छ, फेरि साउनमा लगाएर कात्तिकमा काटिन्छ। सँधै उही बाली लगाइरहनु हुँदैन भनेर आलोपालो गरेर कहिले मकै कहिले आलु लगाउँछौँ।’

करु चम्पा(सातु), खोले र ढिडो बनाएर खानका लागि प्रयोग गर्ने गर्छन्। उच्च हिमाली भेगको करु स्वादिलो, पोषिलो हुनेहुँदा काठमाडौँ बस्नेहरुले पनि झिकाएर प्रयोग गर्ने गाउँलेहरुको भनाइ छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ११ : ११ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति