अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन « Khabarhub

अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन


२९ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोरले मिडियासँग कुरा गरेका छन्।

मिडियासँग कुराकानीको क्रममा सुनिता विलियम्सले उडानको तयारी गर्दै गर्दा आफूहरू आठदिनको लागि मात्र जान लागेको भएपनि समस्या आएमा लामो समयसम्म बस्नुपर्ने हुनसक्ने अनुमान रहेको बताएकी छन् ।

अन्तरिक्ष यात्री सुनिताले भनिन्, ‘जब बुच र म यो उडानको तयारी गरिरहेका थियौं, हामीले परीक्षण उडानको बारेमा कुरा गर्यौं । हामीलाई थाहा थियो कि यो आठ दिनको लागि निर्धारित छ, हामीलाई थाहा थियो कि त्यहाँ केही चीजहरू छन् जसले हामीलाई धेरै लामो समयसम्म यहाँ राख्न सक्छ ।’

उनले भनिन्, ‘हामीले स्टारलाइनरका लागि मात्र होइन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि पनि धेरै वर्षदेखि तालिम लिइरहेका छौं । हामी दुवैजना पहिले पनि यहाँ आएका छौं, त्यसैले हामीसँग केही अनुभव छ ।’

सुनिता विलियम्स र बुच विल्मोर यस वर्षको जुन ५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि परीक्षण अभियानमा प्रस्थान गरेका थिए । त्यतिबेला उनले केही दिनमै स्वदेश फर्कने आशा गरेका थिए । तर यो यात्रा उनको योजना अनुसार हुन सकेन । यो नियमित रूपमा प्रयोग गर्नु अघि नयाँ अन्तरिक्ष यानले कसरी प्रदर्शन गर्छ भनेर हेर्नको लागि यो एक परीक्षण थियो ।

तर, जसरी अगाडि बढ्दै गयो, केही समस्याहरू देखा पर्न थाले । यसको प्रोपल्सन प्रणालीमा चुहावट र केही थ्रस्टरहरू पनि बन्द हुन थाले । तर, उनीहरु सकुशल अन्तरिक्ष स्टेसन पुगेका थिए । अब उनीहरु आँउदो फेब्रुअरीमा मात्र पृथ्वीमा फर्किने नासाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  १२ : ३१ बजे

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान