दाउरा बटुल्न जाँदा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता  « Khabarhub

दाउरा बटुल्न जाँदा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता 


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् । महाकाली नदीबाट दाउरा संकलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए। 

उनका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा संकलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन् । तीमध्ये सौरभको शव फेला परेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । 

महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । लगातारको वर्षापछि महाकालीमा पानीको वहाव बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  १२ : ४७ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि