नारायण क्याम्पस स्ववियुमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी « Khabarhub

नारायण क्याम्पस स्ववियुमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं दैलेखको नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ ।

शुक्रबार भएको निर्वाचनमा अनेरास्ववियुविरुद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा  एकीकृत समाजवादी , विप्लनिकट नेकपा र राप्रपानिकट विद्यार्थी संगठनहरुले गठबन्धन बनाएका थिए ।

शनिबार सम्पन्न मतगणनामा चार दलीय गठबन्धनलाई पछि पार्दै अनेरास्ववियुका हिमबहादुर बस्नेत ६ मतको अन्तरमा सभापति निर्वाचित भएका हुन् । उनले १६६ मत पाएर सभापति बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेविसंघका उम्मेदवार विष्णु प्रसाद कोइरालाले १५७ मत पाएका छन् ।

त्यस्तै सचिवमा पनि अनेरास्ववियुका फिलिप सिंह १९२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा  एकीकृत समाजवादी निकट अनेरास्ववियुका टेकराज बुढाले १२७ मत पाएका छन् ।

स्ववियुको कोषाध्यक्षमा अनेरास्ववियुकी शुष्मा शाही १७२ मतसहित बिजयी भएकी छन् भने प्रतिस्पर्धी गठबन्धनबाट अखिल क्रान्तिकारीका उम्मेदवार भुवन प्रसाद पाण्डेले १४१ मत पाए ।

 

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ६ : २६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको