‘राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्छ’  « Khabarhub

‘राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्छ’ 


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बागमती प्रदेशका आर्थिक मामिलामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नागरिकको समुन्नत विकासका लागि लोकतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्ने बताएका छन्।

 १११औं बीपी जयन्तीको सन्दर्भमा संवाद केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री काफ्लेले नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको लोकतन्त्रको संस्थागत विकासका कांग्रेसले नै बढी योगदान गर्नुपर्ने समेत उल्लेख गरे।

कांग्रेस संस्थापकसमेत रहेका बीपीको मूल सिद्धान्त नै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता भएको उल्लेख गर्दै मन्त्री काफ्लेले लोकतन्त्र बलियो बनाउन सके मात्रै जनतामा खुसीको सञ्चार हुने बताए। मुलुकको आर्थिक उन्नतिका पनि लोकतन्त्र अपरिहार्य रहेको उनको भनाइ छ।

राज्यले नागरिकका समस्यालाई सहानुभूति दिन नसकिरहेकाले अब कांग्रेसले नागरिकका समस्यामा केन्द्रित भएर राजनीति गर्नुपर्ने काफ्लेले उल्लेख गरे। ‘नागरिकका थुप्रै समस्या छन्। गुनासाहरू पनि छन्। अझै पनि राज्यले नागरिकको पीरमर्का महसुस गर्न सकेको छैन,’ मन्त्री काफ्लेले भने, ‘राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्छ। नागरिकका मुद्दालाई सम्बोधन गर्नु नै लोकतन्त्रको असली मर्म हो।’

शिक्षा, स्वास्थ्य, र रोजगारीका विषयमा राज्यले गर्न सक्ने काम पनि हाल भइनरहेको उल्लेख गर्दै मन्त्री काफ्लेले अब कांग्रेसको राजनीतिक मुलुक र जनताको आर्थिक उन्नतिका विषयमा केन्द्रित हुनुपर्ने उनले उल्लेख गरे।

कांग्रेसमा पनि कतिपय मुद्दामा अझसम्म पनि समस्या रहेको बताएका केन्द्रीय सदस्य काफ्लेले समस्या मात्र नभएर कांग्रेससँग समाधानका उपायसमेत भएको उल्लेख गरे।

नयाँ राजनीतिक दलहरूलतर्फ संकेत गर्दै मन्त्री काफ्लेले समस्यैसमस्या मात्र भएको प्रचार गरिरहेको उल्लेख गरे। कतिपय दलले समस्या समाधानको कुनै काम नगर्ने भन्दै उनले कांग्रेस जिम्मेवार पनि भएकाले नयाँ दलभन्दा फरक भएको उल्लेख गरे।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ६ : ५३ बजे

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

कञ्चनपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी