नियमसङ्गत चलाएमा सहकारीहरू डुब्दैनन् : प्रधानमन्त्री  « Khabarhub

 नियमसङ्गत चलाएमा सहकारीहरू डुब्दैनन् : प्रधानमन्त्री 


२९ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरु नडुब्ने र यसले कसैलाई नडुबाउने बताएका छन् ।

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको शनिबार सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरूको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए ।

अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रुपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरूले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्व दिएको स्पष्ट गरे। प्रधानमन्त्री ओलीले सरकार अनियमितता, बेथिति, ठगी, कीर्तेजस्ता गलत कामलाई नियन्त्रण गर्न सजग रहेको पनि स्पष्ट गरे।

‘विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो । स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरू छन् ।।’, प्रधानमन्त्री ओलीले भने, ‘समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस् । । समितिले सरकारलाई निर्देश गरोस् । त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ ।’

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  ७ : ४७ बजे

क्रिकेट मैदानमा प्रधानमन्त्री बालेनको फ्लाइङ किस (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सुदूरपश्चिमले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स