अधिकारको माग गर्दै दलित युवाको अर्धनग्न प्रदर्शन « Khabarhub

अधिकारको माग गर्दै दलित युवाको अर्धनग्न प्रदर्शन


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं समानुपातिक समावेशी प्रतिनिधित्वलगायत दलितहरूको आत्मसम्मान र सशक्तिकरणको लागि संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै दलित युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । 

यहाँस्थित माइतीघर मण्डलामा विगत ३९ दिनदेखि आन्दोलन गरिरहेका युवाहरूले आज अर्धनग्न जुलुस गर्दै आफ्ना मागबारे पुनः ध्यानाकर्षण गराएका हुन् ।  

अर्धनग्न र अन्य सहभागी प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म विभिन्न नारा लगाएर प्रदर्शन गरेका थिए ।

 प्रदर्शनकारीले ‘प्रजातन्त्र आयो दलितलाई खै ? लोकतन्त्र आयो दलितलाई खै ? गणतन्त्र आयो दलितलाई खै ? संविधान आयो दलितलाई खै रु व्यवस्था फेरियो दलितलाई खै ?’ जस्ता नारा लगाएका थिए । 

‘दलितका लागि दलित अभियान नेपाल’ का संयोजक खगेन्द्र सुनारले दलितलाई समान अवसर र अधिकारको पालना नभएको भन्दै आफूहरू ३९ दिनदेखि आन्दोलनमा रहे पनि हालसम्म सम्बन्धित निकायबाट कुनै सुनुवाइ नगरेको गुनासो गरे । त्यसैकारण आज अर्धनग्न प्रदर्शन गर्नु परेको उनले बताए। 

आन्दोलनकारीले संविधानको व्यवस्थाअनुसार सबै तहका मन्त्रिपरिषद्, नीति निर्माणका तह, निकाय तथा नियुक्तिलगायत राज्यका सबै तहमा जातीय जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि, आवासलगायत अधिकारको कार्यान्वयन गरिनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ८ : ०१ बजे

हेल्प नेपाल क्वाटरफाइनलमा

काठमाडौं– साबिक विजेता हेल्प नेपाल नवौँ एनभीए महिला तथा पुरुष

मन्त्री खरेलद्वारा विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न

डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू

सोफिया– बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा– रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका

‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा