देश/प्रदेश

बैतडीमा तीन दिनदेखि अवरुद्ध विद्युत सेवा सञ्चालन

By खबरहब

September 14, 2024

बैतडी – यहाँ वर्षाका कारण तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा आजदेखि सञ्चालनमा आएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलले वर्षाले यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनअन्तर्गत विभिन्न क्षेत्रमा २० विद्युत्का खम्बा ढलेकाले सेवा अवरुद्ध भएकामा आजदेखि सेवा सञ्चालनमा आएको जानकारी दिए ।

उनले भने, “लगातारको वर्षाले यहाँ २० बिजुलीका पोलहरू ढलेका कारण सेवा अवरुद्ध भएको थियो । मर्मत गरेर आजदेखि विद्युत् सेवा सञ्चालन गरिएको छ ।”

वर्षाका कारण प्रभावित भएको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ ।