आज यी ठाउँमा पर्‍यो भारी वर्षा « Khabarhub

आज यी ठाउँमा पर्‍यो भारी वर्षा


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तीन दिनअघि विशेष बुलेटिन जारी गरी पश्चिम नेपालमा भारी वर्षाको चेतावनी दिएको थियो ।

सोही अनुसार पश्चिम नेपालका कैलालीलगायत जिल्लामा अत्यधिक वर्षपछि बाढी आउँदा जनजीवन प्रभावित भयो । यद्यपि आजबाट पश्चिम नेपालमा ठूलो पानीबाट हुने जोखिम हट्दै गएको भन्दै विभागले अबको तीन दिन कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आज साँझ जारी गरेको बुलेटिनअनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली भई धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने जानकारी दिइएको छ ।

कहाँ कहाँ पानी पर्यो ?

आज धेरै स्थानमा सामान्य, मध्यम र केही क्षेत्रमा भारी वर्षा भएको विभागले जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा कास्कीको लुम्लेमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, आज साँझ ७ बजेको सूचनाअनुसार मकवानपुरस्थित बागमती राइगाउँ जलमापन केन्द्रमा जलसतह साबिकभन्दा एक दशमलव सात मिटरमाथि रहेको र सो क्रम बढ्दो अवस्थामा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यस्तै आज नवलपरासीपूर्वस्थित दुम्कौली वर्षामापन केन्द्रमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने नारायणी नदी, मुकुन्डे खोला, झरही खोला र अन्य स–साना नदीहरूमा बाढीको जोखिम हुनसक्ने भएकाले डुबान हुने होचा स्थानका नागरिकलाई सचेत हुन भनिएको छ ।

आज सिन्धुपाल्चोकस्थित गुमथाङ वर्षामापन केन्द्रमा मध्यम वर्षामापन भएको थियो । आजै साँझ चितवनस्थित शक्तिखोर, नारायणी फिल्ड अफिस, कल्याणपुर वर्षामापन केन्द्रमा सामान्यदेखि मध्यम वर्षामापन भएको थियो ।

यस्तै, मकवानपुरस्थित मकवानपुरगढी, हेटाँैडा, हात्तीसुँडे, बारास्थित अमलेखगञ्ज तथा सर्लाही धनुषा र सिन्धुलीका केही क्षेत्रमा पनि वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ११ : ०० बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई