दशैँ टीकाको आज तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी   « Khabarhub

दशैँ टीकाको आज तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी  


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप दशैँको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी रहेको छ ।

घटस्थापनाका दिनदेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरू पूर्णिमाका दिनसम्म पुगेर टीका र आशीर्वाद लिने गर्दछन् ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ । 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ७ : ०१ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन