उत्तर कोरियाली सैनिक युक्रेनमा रूसका लागि युद्ध लड्दै  « Khabarhub

उत्तर कोरियाली सैनिक युक्रेनमा रूसका लागि युद्ध लड्दै 


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उत्तर कोरियाले आफ्ना सैनिकलाई युक्रेनमा रूसी सेनाको मद्दतका लागि तैनाथ गरेको छ । 

गत साता युक्रेनी समाचार संस्था इन्टरफेक्स–युक्रेनकियभ पोस्टले युक्रेनको खुफिया विभागको स्रोतको हवाला दिँदै एक प्रतिवेदन जारी गरेको थियो ।  

उक्त प्रतिवेदनमा अक्टोबर ३ मा डोनबासमा रूसको कब्जामा रहेको क्षेत्रमा युक्रेनले मिसाइल आक्रमण गर्दा उत्तर कोरियाली सेनाका ६ अधिकारी मारिएका र ३ जना घाइते भएका उल्लेख छ । 

बीबीसीको हिन्दी अनलाइन संस्करणले स्रोतको हवाला दिँदै उत्तर कोरियाली सेनाका अधिकारीहरूको एक समूह आफ्ना रूसी सहयोगीहरूसँग भेट्न र उनीहरूसँग ‘अनुभव साझा गर्ने’ उद्देश्यका साथ युक्रेनको रुसी नियन्त्रित भूमिमा गएका बताइएको छ ।

के यो दाबीमा सत्यता छ ?

युक्रेनको खुफिया विभागले गतवर्ष पनि एक प्रतिवेदन जारी गरेको थियो । उक्त प्रतिवेदनमा उत्तर कोरियाका सैन्य अधिकारिको एक सानो समूह युक्रेनको रूसी नियन्त्रित क्षेत्रमा गएको थियो । 

यसवर्ष अक्टोबर ८ मा दक्षिण कोरियाका रक्षामन्त्री किम योङ युनले भनेका थिए, ‘युक्रेनमा रूसको मद्दतका लागि उत्तर कोरियाका सैनिक तैनाथ गरिने सम्भावना बढी छ ।’

उनले उत्तर कोरियाका सैन्य अधिकारिहरूको रूसको कब्जा रहेको क्षेत्रमा मृत्यु भएको भनेर गरिएको दाबी पनि सत्य हुन सक्ने ‘सम्भावना अत्यन्तै’ रहेको जिकिर गरेका थिए । 

गत जुन महिनामा उत्तर कोरियाली शासक किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच विस्तृत रणनीतिक साझेदारीसम्बन्धी एक सन्धिमा हस्ताक्षर भएको थियो । 

दक्षिण कोरियाली मन्त्री युनले यसबारे योनहेप समाचार एजेन्सीको दक्षिण कोरियाली संस्करणसँग भनेका छन्, ‘रूस र उत्तर कोरियाबीच भएको सम्झौता सैन्य गठबन्धन समान छ । यस्तोमा उत्तर कोरियाले आफ्ना सेनालाई त्यहाँ पठाउने सम्भावना बढी छ ।’ 

यसअघि पनि उत्तर कोरियाली सैनिकहरू युक्रेनमा रूसको मद्दतका लागी तैनाथ गरिएको समाचार सार्वजनिक भएको थियो । सन् २०२३ सेप्टेम्बरमा रुसी राष्ट्रपति पुटिनले उक्त समाचारलाई ‘बकवास’ भनेका थिए । त्यो बेला उनी रूसको वास्तोचन स्पेस सेन्टरमा उत्तर कोरियाली शासक किम जोङ उनसँगको भेटघाटमा व्यस्त थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १२ : १० बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही