नेपालविरुद्ध टी-२० सिरिज खेल्ने अमेरिकी टिमको घोषणा | Khabarhub Khabarhub

नेपालविरुद्ध टी-२० सिरिज खेल्ने अमेरिकी टिमको घोषणा


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकाले नेपालविरुद्धको टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक सिरिजअघि अमेरिका र नेपालले तीन खेलको टी-२० सिरिज खेल्न लागेका हुन् ।

अमेरिकाले घोषणा गरेको १५ सदस्यीय टोलीमा अलि खान र एरोन जोन्स टिममा फर्किएका छन् । 

अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तवा र यासिर मोहम्मद ।

नेपाल र अमेरिकाबीचको टी-२० सिरिज नेपाली समय अनुसार आगामी शुक्रबार बिहानदेखि हुनेछ । तीनै खेल टेक्सस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनेछ । 

नेपाली टिम भने क्यानडाको सिरिज सकेर अमेरिका पुगिसकेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १२ : २७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’