भरतपुर अस्पताल : दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै « Khabarhub

भरतपुर अस्पताल : दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– यहाँको सरकारी भरतपुर अस्पतालमा दसैँको टीकाको दिनमा १५ जनाले प्रसूति सेवा लिएका छन् । २४ घण्टाका अवधिमा १० जनाले सामान्य र पाँच जनाले शल्यक्रियामार्फत शिशु जन्माएका हुन् ।

बडादसैँको समयमा बर्थिङ सेन्टर, हेल्थपोष्टमा चिकित्सकको अभाव हुने हुँदा यहाँको सरकारी भरतपुर अस्पतालमा प्रसूति सेवाका बिरामीको चाप बढ्ने गर्दछ । कतिपय निजी साना अस्पतालमा दसैँको बेलामा आकस्मिक सेवासमेत दिन कठिन हुने गर्दछ । 

चाप बढ्ने भएपछि भरतपुर अस्पतालले त्यसको तयारी गरेको थियो । अस्पतालको प्रसूति विभागका प्रमुख प्रा.डा सुनिलमणि पोखरेल चिकित्सकलाई पालो मिलाएर तयारी अवस्थामा राखिएकाले प्रसूति सेवा दिन सहज भएको बताउँछन्। उनले भने ‘चितवनसहित छिमेकी जिल्लाबाट समेत दसैँको समयमा अन्य समयको भन्दा बढी प्रसूति सेवा लिन आउँछन् ।’

उनका अनुसार गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), मकवानपुर, धादिङ्लगायतका जिल्लाबाट यहाँ प्रसूति सेवा लिन बिरामी आउने गर्दछन् । भरतपुर अस्पतालको प्रसूति विभागमा दैनिक ३० देखि ३५ जनाले प्रसूति सेवा लिने गर्दछन् । तीमध्ये आधाको शल्यक्रिया गर्नुपर्ने हुन्छ । हेल्थपोष्टलगायत साना अस्पतालमा सामान्य प्रसूति हुन नसक्ने भएपछि यहाँ रिफर भएर आउने भएकाले शल्यक्रिया गर्नुपर्नेको सङ्ख्या धेरै हुने गरेको प्रा.डा पौडेल बताउँछन्।

अस्पतालमा १३ जना विशेषज्ञ चिकित्सक, चार जना आवासीय चिकित्सक र पाँच जना तालिम प्राप्त मेडिकल अधिकृत रहेका छन् । सँगै ३२ जना तालिमप्राप्त नर्सिङ स्टाफ रहेको उनी बताउँछन् । प्रसूतिका लागि दक्ष समूह रहेको भन्दै पोखरेलले दसैँको समयमासमेत सेवा नरोकेको बताए ।

अस्पतालले वर्षमा १२ हजार हाराहारीलाई प्रसूति सेवा दिने गरेको छ । पछिल्ला वर्षमा सङ्ख्या घट्दै गएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा कृष्णप्रसाद पौडेलले दसैँको समयमा अस्पतालको आकस्मिक सेवासहित प्रसूति सेवा सुचारु गरिएको बताए। आकस्मिक रुपमा गर्नुपर्ने प्रसूतिलगायत अन्य शल्यक्रिया नरोकिएको उनको भनाइ छ ।

भरतपुर अस्पताल प्रसूति सेवामा अब्बल मानिन्छ । प्रसूति गराउनेका लागि पहिलो प्राथमिकतामा भरतपुर अस्पताल पर्दछ । निजी अस्पतालमा भन्दा प्रसूति गराउन भरतपुर अस्पतालमा सुरक्षित मान्ने गरिन्छ । यहाँ २० शय्याको बाल सघन उपचार (एनआईसियू) कक्षसमेत रहेको छ । 

सरकारीमा प्रसूति गराउँदा राम्रो सेवा र कम खर्च हुने भएपछि अन्य समयमा पनि आकर्षण बढी हुने गर्दछ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १२ : ४१ बजे

कमल शिशिरको ‘लाल्टिन बालेर’ सार्वजनिक

काठमाडौं- समसामयिक राजनीति, कविता, मुक्तक र गजल लेखनमार्फत परिचित साहित्यकार कमल

निर्यात प्रवर्द्धनमा बजेट सकारात्मक

काठमाडौं– निर्यात व्यवसायी महासङ्घले आगामी आर्थिक वर्षको बजेटले धेरै विषय

मलेसिया उड्न लागेका एनएसीका कर्मचारी ठूलो परिमाणमा विदेशी मुद्रासहित समातिए, २६ पटक गइसकेका थिए विदेश

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ

भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले

पूर्णबहादुरको पुरानै सक्रियताले गगनलाई समस्या

काठमाडौं- गत पुस मसान्तमा नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत् नेतृत्व