चितवनमा डेंगु सङ्क्रमण बढ्दै, दुई हजार बढी सङ्क्रमित « Khabarhub

चितवनमा डेंगु सङ्क्रमण बढ्दै, दुई हजार बढी सङ्क्रमित


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार दुई सय ४३ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

गत साउनयता ६ हजार तीन सय ४७ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये चितवनका एक हजार ६९२ जना र जिल्ला बाहिरका पाँच सय ५१ जना रहेका छन् ।

जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा सात सय ३० जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पट्टेलले जानकारी दिए ।

सबैभन्दा कम माडी नगरपालिकामा १८ जनामा डेंगू देखिएको छ । उनका अनुसार इच्छाकामना गाउँपालिकामा चार सय ४७ जना, रत्ननगर नगरपालिकामा तीन सय १९ जना, खैरहनी नगरपालिकामा ८७ जना, कालिका नगरपालिकामा ४८ जना र राप्ती नगरपालिकामा ४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । जिल्लामा गत आर्थिक वर्षमा एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

उनका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरि भदौ, असोजमा डेङ्गु रोग देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखापर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने जस्ता लक्षण देखा पर्ने उनले बताए ।

डेङ्गु ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उनले जानकारी दिए । डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको प्रमुख रुपाखेतीले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ७ : २३ बजे

विश्वकप फुटबल: न्युजिल्यान्ड र इरानबीचको रोमाञ्चक भिडन्त : २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को