चितवनमा डेंगु सङ्क्रमण बढ्दै, दुई हजार बढी सङ्क्रमित « Khabarhub

चितवनमा डेंगु सङ्क्रमण बढ्दै, दुई हजार बढी सङ्क्रमित


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार दुई सय ४३ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

गत साउनयता ६ हजार तीन सय ४७ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये चितवनका एक हजार ६९२ जना र जिल्ला बाहिरका पाँच सय ५१ जना रहेका छन् ।

जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा सात सय ३० जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पट्टेलले जानकारी दिए ।

सबैभन्दा कम माडी नगरपालिकामा १८ जनामा डेंगू देखिएको छ । उनका अनुसार इच्छाकामना गाउँपालिकामा चार सय ४७ जना, रत्ननगर नगरपालिकामा तीन सय १९ जना, खैरहनी नगरपालिकामा ८७ जना, कालिका नगरपालिकामा ४८ जना र राप्ती नगरपालिकामा ४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । जिल्लामा गत आर्थिक वर्षमा एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

उनका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरि भदौ, असोजमा डेङ्गु रोग देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखापर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने जस्ता लक्षण देखा पर्ने उनले बताए ।

डेङ्गु ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उनले जानकारी दिए । डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको प्रमुख रुपाखेतीले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ७ : २३ बजे

मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं – अब निवाचन अगाडि मनोनयन पदत्र दर्ता गर्दा उम्मेदवारले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर २५ गते बिहीबार तदनुसार

आज २०८२ साल मंसिर २५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २५ गते बिहीबार तदनुसार

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले