माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु « Khabarhub

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

दमौली– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।

गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए। 

गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको विद्युतीय माइक्रोले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो ।

घाइते नहर्कीको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ३ : ०५ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा