भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन « Khabarhub

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक वर्ष दशैंको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरु भएको छ ।

दुइदिनसम्म चल्ने नेपाल भाषा साहित्य तःमुंज्या व सांस्कृतिक ब्वज्या सम्मेलनमा राजनीतिज्ञ, साहित्यकार, कानुनविद् लगायत विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्‌घाटन गरेका थिए । 

सम्मेलन हरेक वर्षका दशैँको द्वादशी र त्रयोदशीका दिन आयोजना हुँदै आएको नेपाल भाषा साहित्य तःमुंज्याका केन्द्रीय अध्यक्ष आशाकुमार चिक्मबञ्जारले जानकारी दिए ।

सम्मेलनमा कथा, कविता लगायतका साहित्य प्रस्तुत हुने र मंगलबार विविध मौलिक सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने उनले बताए ।

स्थानीय कला साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष नेपाल भाषा साहित्य सम्मेलनको आयोजना गर्ने गरिएको नेपाल भाषा साहित्य तःमुंज्याले जनाएको छ । 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ३ : २० बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी