खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने « Khabarhub

खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानजस्ता विपद्बाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

विपद्का कारण बाटो बिग्रिएको, पहिरोले पानीको मुहानसम्म पुग्न नसकिएको लगायतका कारण क्षतिबारे तत्काल अध्ययन गर्न असहज भएको केयुकेयलका प्रवक्ता प्रकाशकुमार राईले बताए। 

प्रवक्ता राईका अनुसार बाटो मर्मत भएपछि अध्ययन गरिनेछ । ‘पहिरोको कारण अधिकांश स्थानमा खानेपानीको मुहान पुरिएकाले समस्या भएको छ ।

वर्षाका कारण फर्पिङ हेन्ड पोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने ‘पेनस्टक पाइप’ र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइपमा धेरै क्षति पुगेकाले विशेषगरी ललितपुरमा पानीको समस्या छ,’ उनले भने, ‘धेरै ठाउँमा खानेपानीको स्रोत पुरिएको छ, मर्मतका लागि जाने बाटो छैन त्यसैले आयोजना मर्मतका लागि समय लाग्छ ।’

उनका अनुसार ललितपुरको खुमलटार क्षेत्रमा भने सुन्दरीजलको पानी ल्याएर वितरण भइरहेको छ । राईले भने, ‘आयोजना मर्मतका लागि हामी सङ्घीय सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्ने छौँ ।’

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीको व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न आयोजना मर्मत तत्काल सुरु गर्न अनुरोध गरे । 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ३ : ४२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने