हुम्लाका किसानलाई अन्नबाली भित्र्याउने चटारो « Khabarhub

हुम्लाका किसानलाई अन्नबाली भित्र्याउने चटारो


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सिमकोट – हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट तीन दिनदेखि सुनसान छ । बडादसैँमा गाउँ फर्केकाहरू टीका सकिए पनि सदरमुकाम फर्किन बाँकी रहेकाले सुनसान भएको हो ।

दसैँमा पहिलो पटक सिमकोट बजार यति धेरै सुनासान देखिएको स्थानीय व्यापारी बताउँछन् । सदरमुकाममा तल्लो र माथिल्लो गाउँका केही सर्वसाधारण मात्रै भेटिने गरेका छन् । बजारका व्यवसायी, कर्मचारी, शिक्षक र विद्यार्थी दसैँ मनाउन घर गएका छन् । 

दसैँमा खुलेका पसलमा पनि ग्राहक नआएको सदरमुकाममा पसल गर्दै आएका नरेन्द्र भण्डारीले बताए। सदरमुकाम सुनसान हुनुको कारण स्थानीयलाई कात्तिकमा पाक्ने अन्नबाली भित्र्याउने चटारो रहेको स्थानीय मुकुन्द रोकायाले बताए।

छ महिनाको लगानी खेर जाने चिन्ताले पनि दसैँभन्दा कामलाई बढी प्राथमिकता दिँदा दसैँले नछोएको रोकायाको भनाइ छ । ‘अहिले खेतमा पाकेको फल घर नभित्र्याए हिउँदको छ महिना कसरी घर गुजारा गर्ने’, उनले भने।

अष्टमीको दिन दसैँ मनाएर हिउँदमा पशुपक्षीका लागि घाँसको बन्दोबस्त गर्न र अन्नबाली भित्र्याउन व्यस्त भएको सिमकोट गाउँपालिका–२ बदुम बोहराले बताए। यहाँका गाउँमा चिनो, कागुनो, कोदो, सिमी पाकेकाले भित्र्याउनमा स्थानीयवासी व्यस्त भएका हुन् । 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ४ : १७ बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै