भारत र क्यानडाबीच तनाव बढ्दै | Khabarhub Khabarhub

भारत र क्यानडाबीच तनाव बढ्दै


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदुत सञ्जय कुमार वर्मालाई फिर्ता बोलाएको छ ।

ट्रुडो सरकारले आफ्ना राजदुतमाथि छानबिन गर्ने पत्र पठाएपछि भारतले राजदुत बर्मालाई फिर्ता बोलाएको हो । भारतले क्यानडाले निशाना बनाएका राजदुत बर्मासहित अन्य उच्च कूटनीतिज्ञहरुलाई पनि फिर्ता बोलाएको छ ।

क्यानडाले राजदुत बर्मामाथिको मुद्दाबारे जानकारी नआए पनि निज्जरको हत्यासँग जोडिएको बताइएको छ । यसबारे भारतले आज क्यानडाका राजदूतलाई फिता बोलाएको छ ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्यानडा सरकारमाथि विश्वास नगर्ने बताउदै राजदुतमाथि क्यानडाको आरोपलाई राजनीतिबाट प्रेरित भएको बताएको छ ।

विदेश मन्त्रालयले भारत सरकारले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै यी आरोपहरु ट्रुडो सरकारको राजनीतिक एजेन्डा भएको र भोट बैंकबाट प्रेरित रहेको बताएको छ ।

विदेश मन्त्रालयले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सेप्टेम्बर २०२३ मा केही आरोप लगाएका थिए तर, क्यानडा सरकारले पटकपटक सोध्दा पनि भारत सरकारसँग एउटा प्रमाण पनि नदिएको र नयाँ आरोप पनि यस्तै ढंगले लगाइएको बताएको छ ।

जुन १८, २०२३ को साँझ क्यानडाको सरे सहरको गुरुद्वाराबाट निस्कने क्रममा हरदिप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो । गत वर्ष सेप्टेम्बर १८ मा क्यानडाका प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए जसलाई भारतले अस्वीकार गरेको थियो ।

त्यसपछि निज्जर हत्याका तीन अभियुक्त पक्राउ परेका थिए । आरोपित तीनै जना भारतीय नागरिक हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ८ : ४४ बजे

ह्वाइट हाउसद्वारा सीडीसी प्रमुखलाई बर्खास्त गरिएको पुष्टि

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)

विद्याको पक्षमा प्रचण्डले भने- राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त हुँदैन

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई

उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

बेइजिङ- उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो विश्वयुद्धको अन्त्य

कलाकारहरु नै पत्रकार लिएर जान्छन् ‘हल भिजिटमा’, आईएनआईले लगायो हलमा क्यामेरा प्रतिबन्ध

काठमाडौं – आईएनआई सिनेमाज चेन अन्तर्गतका हलहरुमा व्यवसायिक शोमा क्यामेरा

हिम स्टार ऊर्जाको शेयर नेप्सेमा सूचिकृत, कहिलेबाट आउँछ कारोबार ? 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको