दुई दिने साहित्य तःमुञ्या सुरु « Khabarhub

दुई दिने साहित्य तःमुञ्या सुरु


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर । जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा रहन्छ भन्ने उद्घोषका साथ आजदेखि भक्तपुरको कमलविनायकमा ४४औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत सम्मेलन) सुरु भएको छ ।

भक्तपुरका स्थानीय जेष्ठ नागरिक सांस्कृतिक गुरु एवं किसान अगुवा पुनवीर गैडाले आज उद्घाटन गरेको सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें ‘रोहित’ले नेपाल भाषा तथा साहित्यमा निरन्तर कलम चलाउने विभिन्न व्यक्तित्वलाई सम्मान गरे ।

सम्मेलनमा जनकवि दुर्गालाल श्रेष्ठ, सम्पदा संरक्षणमा निरन्तर लागिरहेका भागवत नरसिंह प्रधान, शिक्षासेवी मोहनप्रसाद प्रजापति, समाजसेवी जगतलाल मानन्धर, बौद्धिक व्यक्तित्व रत्नसुन्दर शाक्य, अग्रज किसान कार्यकर्ता ललित अवाल, सफाई मजदुर गणेशराम दुवाल र सांस्कृतिक गुरु रत्नभक्त न्हेम्हाफुकीलाई बिजुक्छेँले दोसल्ला र नगदसहित सम्मानपत्र प्रदान गरी सम्मान गरे ।

सम्मेलन आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले तःमुंज्याले समाज, देश र जनताको निम्ति महच्वपूर्ण योगदान गर्ने महानुभावहरूलाई सम्मान गरेको बताए । सबै जनजाति, संस्कृति, भाषा र साहित्यको उत्थान गरी आमूल परिवर्तनका लागि आवाज उठाउँदै आएको तःमुंज्याल यही असोज २८ र २९ गते दुई दिने सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा पुराना तथा नयाँ साहित्यकार तथा साहित्यप्रेमीहरूले कविता, कथा र निबन्ध वाचन गरेका छन् । कार्यक्रमका अवधिमा राजनीतिज्ञ, विभिन्न विषयका ज्ञाता, अनुभवी तथा विशेष अतिथिहरूले अनुभव र ज्ञान साट्ने छन् ।

पहिलो दिनको कार्यक्रममा आज पूर्वन्यायाधीश गौरीबहादुर कार्की, इन्जिनियर रामविन्दु श्रेष्ठ, साहित्यकार मोहन दुवाल, हरिहर तिमल्सिना, इन्जिनियर रामविन्दु श्रेष्ठ, नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबन्जार, आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजूले सम्मेलनको महत्वकाबारे चर्चा गरे ।

दोस्रो दिन भोलि सम्मेलनको क्रममा दुवै दिन विभिन्न नृत्य, ख्याल (व्यङ्ग्य) र एकाङ्की नाटक प्रस्तुत हुने जनाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ९ : ०३ बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई