धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयो   « Khabarhub

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयो  


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अनुपस्थिति भएका ३ जनालाई पुनः अन्तर्वार्तामा आउन आह्वान गरिएको छ ।

अध्यक्ष नियुक्त सिफारिस समितिले बिहीबार एक सूचना जारी गर्दो यस अधि अन्तरवार्तामा उपस्थिति नभएका कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीलाई आह्वान गरिएको हो ।

उनीहरूलाई मंसिर ९ गते बिहान ८ बजे सिंहदरबार अर्थ मन्त्रालयमा बोलाएको हो ।

बोर्ड २०८० पुस २० गतेदेखि अध्यक्ष विहिन छ । नियुक्ति पक्रिया थालिएको लामो समय भए पनि बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सिइओ कृष्णबहादुर कार्की र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी यस अधि बोलाएको अन्तरवार्तामा गएनन् ।

यस अधि सर्ट लिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै अन्तरवार्ता दिएका थिए ।
अर्था मन्त्रालयले मन्त्रिपरिषद्मा बोर्डको अध्यक्षको लागि ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसको कारणले गर्दा २ जना मात्र भएकाले अन्तर्वार्तामा नआएका ३ जनालाई पटक पटक अन्तरवार्तामा बोलाइएको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १० : ३४ बजे

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन