धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयो   « Khabarhub

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयो  


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अनुपस्थिति भएका ३ जनालाई पुनः अन्तर्वार्तामा आउन आह्वान गरिएको छ ।

अध्यक्ष नियुक्त सिफारिस समितिले बिहीबार एक सूचना जारी गर्दो यस अधि अन्तरवार्तामा उपस्थिति नभएका कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीलाई आह्वान गरिएको हो ।

उनीहरूलाई मंसिर ९ गते बिहान ८ बजे सिंहदरबार अर्थ मन्त्रालयमा बोलाएको हो ।

बोर्ड २०८० पुस २० गतेदेखि अध्यक्ष विहिन छ । नियुक्ति पक्रिया थालिएको लामो समय भए पनि बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सिइओ कृष्णबहादुर कार्की र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी यस अधि बोलाएको अन्तरवार्तामा गएनन् ।

यस अधि सर्ट लिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै अन्तरवार्ता दिएका थिए ।
अर्था मन्त्रालयले मन्त्रिपरिषद्मा बोर्डको अध्यक्षको लागि ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसको कारणले गर्दा २ जना मात्र भएकाले अन्तर्वार्तामा नआएका ३ जनालाई पटक पटक अन्तरवार्तामा बोलाइएको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १० : ३४ बजे

देशभर मनसुनी वर्षाको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एक रुपैयाँको सिक्कामा समेटिने भनिएको नयाँ नक्साबारे भारतीय मिडियामा चर्चा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले जारी गर्ने नयाँ सिक्कामा समेटिने

दीपेन्द्रसिंह ऐरीले क्यानडा सुपर ६० लिग खेल्ने : भ्यानकुभरले गर्‍यो अनुबन्ध

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर