संविधान संशोधन गरेर प्रदेशको अधिकार बढाऊँ : मुख्यमन्त्री कार्की « Khabarhub

संविधान संशोधन गरेर प्रदेशको अधिकार बढाऊँ : मुख्यमन्त्री कार्की


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान संशोधन गरेर प्रदेश संरचनाको अधिकार र प्रभावकारिता बढाउन सकिने बताएका छन्।

बिहीबारबाट विराटनगरमा सुरु मुख्यन्यायाधिवक्ताहरूको छैठौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले संविधानले निर्दिष्ट गरेका अधिकार नदिँदा प्रदेश सरकारले कामै गर्न नसक्ने अवस्था आएको र जनतामा प्रदेश संरचना प्रति वितृष्णा उत्पन्न हुने गरेको उल्लेख गरे ।

यसका लागि तत्काल संविधान संशोधन गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री कार्कीले संविधानमा रहेको त्रुटी तथा कमजोरीहरू सच्याएर तीन तहको संरचना आवश्यक छ कि छैन भन्ने अन्यौल पनि हटाउनुपर्ने बताए ।

उनले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार संविधान संसोधन अतिआवश्यक भएको र निर्वाचन प्रणाली लगायतयका विषय परिमार्जन तथा परिष्कृत गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिने बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा प्रदेश कानुन निर्माण र यसमा देखिएका समस्या, प्रदेश प्रदेशको कार्यगत अनुभव साटासाट र मुख्य न्यायाधिवक्ताको भूमिकाबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  २ : ३४ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर