ज्वालामुखी विस्फोटका कारण अवरुद्ध उडान सेवा पुनः सञ्चालन | Khabarhub Khabarhub

ज्वालामुखी विस्फोटका कारण अवरुद्ध उडान सेवा पुनः सञ्चालन


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका छन् ।  

विगत दुई हप्तादेखि भएको ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ जनाको मृत्यु  हुनुका साथै हजारौँलाई सुरक्षित स्थानमा सारिएको थियो । मौसम ‘सुध्रिएको’ अवस्थालाई उल्लेख गर्दै क्वान्टासजेटस्टारले बालीमा आफ्नो सेवा पुनः सुरु गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।  

एयरएशियाले बिहीबारदेखि बाली जाने उडानहरू पुनः सुरु गर्ने जनाएको छ भने अस्ट्रेलियाले आफ्नो वेबसाइटमा उडानहरू पुनः सुरु गर्ने बताएको छ ।

यसैबीच, सिङ्गापुरको स्कुट एयरलाइन्सले लेवोटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिको कारण सिङ्गापुरबाट बाली र सुराबायाका लागि उडानहरू पुनर्निर्धारित गरेको जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक अहमद स्योगी साहाबले माउन्ट लेवोटोबी लाकी–लाकीबाट ज्वालामुखीको खरानी बुधबार साँझदेखि विमानस्थलबाट टाढा गइरहेको बताएका छन् । 

ज्वालामुखी विज्ञान विभागका अनुसार लेवोटोबी बिहीबार पुनः विस्फोट हुँदा यसको खाडलबाट बाक्लो खरानी स्तम्भ र लाभा बगिरहेको देखिएको थियो । 

विमानस्थलको इन्स्टाग्राम अनुसार ज्वालामुखी नजिकैको लाबुआन बाजोको पर्यटक स्थलमा रहेको विमानस्थल बिहीबार पुनः खोलिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १ : ५२ बजे

मापदण्ड विपरीत कुनै संरचना नबनाउन प्राधिकरणको आग्रह

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत निर्माण मापदण्ड

एनपीएल : काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले काठमाडौं गोर्खाज

अस्पतालमा नि:शुल्क भोजन बाँड्ने तुलसीको अनुभव- ‘मासु बाँड्दा पैसावाल नै थाल थाप्छन्’

गोकर्णेश्वर नगरपालिका-६ जोरपाटीका तुलसी श्रेष्ठ (४५) ले विगत पाँच वर्षदेखि

विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन

हेटौँडा– हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण