१४ अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब  « Khabarhub

१४ अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब 


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम शेयर बजार बढेर बन्द भएको छ। बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.९५ अंकले बढेको हो । 

 आज नेप्से ०.५१ प्रतिशतले बढेर २७४८.७८ विन्दु कायम भएको छ । १० अर्ब ३२ करोड ३ लाख ३१ हजार बराबरको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर कारोबार भएको छ । 

१५९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

बिहीबार प्रि–ओपन सेसनमा ४ अंकले बढेर सुरु भएको नेप्से बजार खुलेको केही समयमै माथि गएको थियो । तर, केही बेरमै बिक्रेता हावी भएर बजार घटेको थियो । त्यसपछि पुन: बजार माथि उठेको थियो । आाज बजार एक पटक मात्र रातो देखिएको थियो । 

यस्तै  ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज ३२१ वटा कम्पनी कारोबारमा आउँदा १ लाख १ हजार ५४५ पटक शेयर किनेबेच भएको थियो । 

 १३ वटा समूहमध्ये ६ वटा समूह घट्यो भने ७ वटा समूह बढ्यो । आज सबैभन्दा बढी हाइड्रोपावर समूह १.३४ प्रतिशतले बढेर ३ हजार ५७४.०२ विन्दुमा पुग्यो । 

त्यस्तै, वाणिज्य बैंक ०.४४ प्रतिशतले, विकास बैंक १.२१ प्रतिशतले, होटल एण्ड पर्यटन ०.९३ प्रतिशतले, लघुवित्त ०.७७ प्रतिशतले, म्युचुलफण्ड ०.१७ प्रतिशतले र अन्य समूह ०.६३ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह ०.६२ प्रतिशतले घटेर ३ हजार ५९२.६९ विन्दुमा पुगेको छ । साथै, फाइनान्स ०.०९ प्रतिशतले, लगानी ०.०३ प्रतिशतले, जीवन बीमा ०.०३ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.३० प्रतिशतले र निर्जीवन बीमा ०.०८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ३ : १६ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो