कर्णाली राजमार्ग : कालीकोटका बजारमा बढ्यो व्यापार व्यवसाय « Khabarhub

कर्णाली राजमार्ग : कालीकोटका बजारमा बढ्यो व्यापार व्यवसाय


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मान्म– कर्णाली राजमार्गका कारण जिल्लाका विभिन्न बजारमा व्यापार व्यवसायमा वृद्धि भएको छ । 

राजमार्ग सञ्चालनमा आएपछि जिल्लाको खुलालु, लालिघाट, रेगिल, शान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको पिलीचौरलगायतका बजारमा यात्रुहरूको चहलपहलसँगै व्यापार व्यवसाय वृद्धि भएको हो । 

नरहरिनाथ गाउँपालिका–८ स्थित खुलालुमा पक्की पुल निर्माण भएपछि बजारमा दैनिक भीडभाड बढेको छ । खुलालु बजार क्षेत्रमा आर्थिक कारोबार बढेको वडा नं ९ अध्यक्ष प्रदीप बोहराले बताए। उनले भने, ‘यस अघि जितेगडालालिघाटबाट सञ्चालन हुँदै आएका सवारिसाधन पछिल्लो समय खुलालुबाट चल्न थालेका छन् ।’

राजमार्ग सञ्चालनमा आएपछि स्थानीयले यातायातका साधन किनेर व्यावसायिक रुपमा आम्दानी लिन थालेको रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बमले बताए। 

कर्णाली राजमार्ग आसपासमा स्थानीयले व्यावसायिक तरकारीखेती गर्न थालेका छन् । विगतमा रोजगारका उपाय नहुँदा भारत जाने चलन थियो । तरकारी बिक्री गर्ने बजारको समस्या नभएपछि तरकारीखेती गर्न थालेको रास्कोट नगरपालिका–६ भात्तडिका किसान नरप्रसाद बरालले बताए। 

हाल बजार क्षेत्रमा होटल व्यवसाय र अन्य व्यापारीको सङ्ख्या बढेको  गर्न रास्कोट नगरपालिकाका पूर्व प्रमुख काशीचन्द्र बरालले बताए।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ३ : २८ बजे

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न