राष्ट्रपति पौडेल र अजरबैजानका समकक्षीबीच भेटवार्ता « Khabarhub

राष्ट्रपति पौडेल र अजरबैजानका समकक्षीबीच भेटवार्ता


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बाकु राष्ट्रपति रामचन्द्र पौडेलले सबै विकसित मुलुकहरूलाई जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरेका छन् ।

अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आएका राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका आफ्ना समकक्षी ईलहाम अलियेफसँग बाकुमा बिहीबार भएको भेटवार्तामा सो आग्रह गरेका हुन् । 

भेटवार्तामा राष्ट्रपति पौडेलले उनले भने- ‘जलवायु परिवर्तन विश्वको साझा मुद्दा हो, पर्वतीय भूभाग रहेको हाम्रा दुवै मुलुकले जलवायु परिवर्तनका खराब असरहरू सामना गर्नु परिरहेको छ, नेपालले पर्वतीय मुलुकहरूले सामना गर्नु परेका मुद्दाहरूलाई कोपलगायत विभिन्न मञ्चहरूमा उठाउँदै आएकाले यसमा अजबैजानी सरकारको ऐक्यबद्धताको लागि आग्रह गर्न चाहन्छु ।’ 

सन् १९९१ मा स्वतन्त्र भएपछि अजरबैजानले हासिल गरेको वृहत् विकास र आर्थिक रूपान्तरणको राष्ट्रपति पौडेलले प्रशंसा गरे । उहाँले राजनीतिक परिवर्तनपछि नेपाल हाल आर्थिक विकासको बाटोमा अघि बढिरहेका र सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको बताए ।  

राष्ट्रपति पौडेलले अजरबैजानका उनका समकक्षी अलियेफको सक्षम नेतृत्वमा आयोजना भइरहेको कोप २९ को पूर्ण सफलताका लागि बधाई दिँदै सम्मेलनले पारित गर्ने घोषणापत्रले नेपाल जस्ता अत्यन्त न्यून कार्बन उत्सर्जन गर्ने तर जलवायु परिवर्तनको ठुलो असर ब्यहोरिरहेको मुलुकहरूको हक र हित संरक्षण गर्ने विश्वास व्यक्त गरे । 

भेटवार्तामा अजरबैजानका राष्ट्रपति अलियेफले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नजिक रहेर काम गर्ने बताएको पनि सल्लाहकार पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ४ : ४१ बजे

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ