रास्वपाका नेता र सांसदविरुद्ध अवहेलना मुद्दा दर्ता | Khabarhub Khabarhub

रास्वपाका नेता र सांसदविरुद्ध अवहेलना मुद्दा दर्ता


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी, २० सांसद र नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएसँगै यो मुद्दाको पेसी मंसिर ३ गतेका लागि तोकिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको अदालतको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मंसिर ३ गते प्रारम्भिक सुनुवाइका लागि पेसी तोकेको हो । यसअघि सर्वोच्चले यो रिटलाई दरपिठ गरिदिएकोमा न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार दरपिठ खारेज गर्दै मुद्दा दर्ता गर्न आदेश दिएको थियो । 

निवेदनमा भट्टराईले रास्वपा सभापति रवि लामिछाने प्रहरीको हिरासतमा हुँदा पनि पार्टीको सभापतिकै रूपमा प्रतिनिधित्व गरिरहेको र पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद, पार्टीका सदस्य तथा शुभेच्छुकलाई संयमित हुन निर्देशन दिएको उल्लेख गरेका छन् । 

साथै रिटमा अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र आम जनतालाई उतारेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै हदसम्मको सजाय गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ६ : १९ बजे

प्रतिमा गौतमले भनिन्- देश दुनियाँले नियाली रहेको छ, एक-अर्कालाई हिलो छ्याप्न बन्द गरौँ 

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले पार्टीको जारी केन्द्रीय कार्यसमितिको

नाउपाले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

मुग्लिङ पुलबाट त्रिशूलीमा हामफाल्न लागेका वृद्धलाई स्थानीयले बचाए

काठमाडौं- चितवनको मुग्लिङ बजारस्थित मोटरेबल पुलबाट त्रिशूलीमा हामफाल्न ठिक्क परेका

माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा

अण्डाको मूल्य क्रमशः बढ्ने संकेत

नारायणगढ– गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत