रास्वपाका नेता र सांसदविरुद्ध अवहेलना मुद्दा दर्ता « Khabarhub

रास्वपाका नेता र सांसदविरुद्ध अवहेलना मुद्दा दर्ता


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी, २० सांसद र नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएसँगै यो मुद्दाको पेसी मंसिर ३ गतेका लागि तोकिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको अदालतको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मंसिर ३ गते प्रारम्भिक सुनुवाइका लागि पेसी तोकेको हो । यसअघि सर्वोच्चले यो रिटलाई दरपिठ गरिदिएकोमा न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार दरपिठ खारेज गर्दै मुद्दा दर्ता गर्न आदेश दिएको थियो । 

निवेदनमा भट्टराईले रास्वपा सभापति रवि लामिछाने प्रहरीको हिरासतमा हुँदा पनि पार्टीको सभापतिकै रूपमा प्रतिनिधित्व गरिरहेको र पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद, पार्टीका सदस्य तथा शुभेच्छुकलाई संयमित हुन निर्देशन दिएको उल्लेख गरेका छन् । 

साथै रिटमा अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र आम जनतालाई उतारेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै हदसम्मको सजाय गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ६ : १९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको