‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग « Khabarhub

‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले पोखरामा तालबाट तालसम्म ‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणका लागि सहयोग गर्ने भएको छ । पोखरा महानगरपालिका क्षेत्रमा रहेका सात वटा तालहरूलाई जोड्ने उक्त परियोजना निर्माण गर्न महानगरले गत वर्षदेखि योजना अघि बढाएको हो ।

‘लेक टु लेक साइकल ट्र्याक’को गुरुयोजनाका बारेमा छलफल सुरु भएको छ । पोखराको दिगो पर्यटन विकासअन्तर्गत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण गर्न लागिएको महानगरप्रमुख धनराज आचार्यले बताए ।

उनका अनुसार एडिबीको रु एक अर्ब आर्थिक सहयोगमा निर्माण हुने परियोजनाले पोखरामा रहेका सबै तालहरूलाई एक आपसमा जोड्ने छ । उनले ८५ किमी लम्बाइको ‘लेक टु लेक जोड्ने साइकल ट्र्याक’ पोखराका लागि महत्पूर्ण पर्यटकीय पूर्वाधार बन्ने बताए ।

नगरप्रमुख आचार्यले भने, “यसले संसारभरिका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ भने पोखराको पर्यटन प्रवर्द्धनमा यो महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास लिएका छौँ ।”

पोखरा महानगर वातावरणीय हिसाबले स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्र्याक मानव स्वास्थ्य र पर्यावरणको संरक्षणप्रति समर्पित एक दिगो पूर्वाधार बन्ने आचार्यले उल्लेख गरे ।

पोखरामा रहेका तालहरूलाई एकआपसमा (भित्र पर्नेगरी र तालहरू बाहिर पर्नेगरी) जोड्ने गरी ‘इनर’ र ‘आउटर’ दुई वटा रुटसहित विभिन्न स्थानमा कनेक्ट रुटहरू निर्माण गर्दा करिब ८५ किमी लम्बाइको साइकल ट्र्याक बन्ने महानगरले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ९ : ४२ बजे

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा